काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले २०७२ सालमा जारी भएको नेपालको संविधानमा बीपी तत्त्व नभएको टिप्पणी गरेका छन् ।
बीपी साहित्य महोत्सवको अन्तिम दिन उनले संविधान माओवादीसँग डराएर बनाएको बताए ।
‘यो संविधानमा बीपी तत्त्व छँदै छैन । म संविधान दुर्घटनामा जाओस् भन्ने पक्षमा छैन । तर, एकेडेमिक बहसमा यो संविधान उत्कृष्ट भन्न सक्दिनँ,’ ढुंगानाले भने, ’यो माओवादीसँग डराएर उनीहरूको चित्त बुझाउनका लागि बनाएको संविधान हो ।’
उनले अहिले माओवादी क्रन्तिको जगमा संविधान बनेको बताए । ‘२००७ सालमा बनेको भए कस्तो बन्थ्यो होला भनेर बहस हुन सक्छ । त्यसबेला भएको भए बीपी नेतृत्वको क्रान्तिको जगमा संविधान बन्थ्यो भने अहिले माओवादीको सशस्त्र क्रान्तिको जगमा बनेको हो,’ उनले भने ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.