हर्मोन्स वा शरीरका अन्तःस्त्रावी ग्रन्थीहरूद्वारा निर्मित स्त्रावमा कमी वा अधिकताले अनेक रोगहरू उत्पन्न हुन्छन् जस्तै – मधुमेह, थायरइड रोग, मोटोपन, कदसम्बन्धी समस्याहरू, अवाञ्छित रौँ उम्रिनु आदि इन्सुलिन नामो हर्मोनको कमी वायसको कार्यक्षमतामा कमी आउनाले मधुमेह रोग वा डाइबीटीज मेलीट्स रोग हुन्छ।
मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस (अमेरिकामा) भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ।[२] रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने[३] लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्।
मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो। मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ:
टाइप वान डायबिटिज (पहिलो प्रकारको मधुमेह) मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो। यसलाई पहिला “इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस” वा “अपरिपक्व मधुमेह” भनेर चिनिन्थ्यो। के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन।
टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्।[३] रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ।[५] यसलाई पहिला “इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस” वा “परिपक्व हुन लागेको मधुमेह” भनेर चिनिन्थ्यो। अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन्।
गर्भावस्थामा हुने मधुमेह तेस्रो मुख्य प्रकारको मधुमेह हो। यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ।
एक अनुमानित तथ्याङ्क अनुसार सन् २०१५ मा विश्वभर ४१ करोड ५० लाख मानिसलाई मधुमेह रोग लागेको थियो।[१०] जसमध्ये करीब ९०% लाई टाइप टू डायबेटिज (दोस्रो प्रकारको मधुमेह) लागेको थियो।[११][१२] यो सङ्ख्या विश्वभरका वयस्कहरूको जनसङ्ख्याको ८.३% हो।[१२] मधुमेह रोग लाग्ने दर महिला र पुरुषमा बराबर हुन्छ।[१३] मधुमेहका कारण सन् २०१२ देखि २०१५ सम्म प्रत्येक वर्ष १५ लाखदेखि ५० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको थियो।[६][१०] मधुमेहले मानिसको मृत्यु हुने सम्भावनालाई दोब्बर बनाउँछ।[३] सन् २०३५ सम्ममा विश्वभर मधुमेहका रोगीहरूको सङ्ख्या करीब ५९ करोड २० लाख पुग्ने अनुमान गरिएको छ। सन् २०१४ मा मात्रै विश्वभर करीब ६१ करोड २० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको अनुमान गरिन्छ। अर्को तथ्याङ्क अनुसार सन् २०१२ मा संयुक्त राज्य अमेरिकामा मात्रै करीब २४ करोड ५० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको थियो।
मधुमेहका प्रमुख लक्षणहरू
- वजनमा कमी हुनु।
- धेरै भोक, तिर्खा वा पेसाब लाग्नु।
- थकाइ, पिँडुला दुख्ने।
- पटक-पटक सङ्क्रमण हुनु वा घाउ ढिलो निको हुनु।
- हात खुट्टा झनझन गर्नु, सुन्ने लाग्नु वा पोल्ने गर्नु।
- नपुङ्सकता।
कतिपय मान्छेमा मधुमेह धेरै हुने सम्भावन हुन्छ, जस्तै-मोटो व्यक्ति, परिवार वा वंशमा मधुमेह हुनु, उच्च रक्तचाप भएको रोगी, जुन मान्छेले व्यायाम वा शारीरिक श्रम कम गर्छ वा गर्दैन, शहरी व्यक्तिहरूमा गाउँको भन्दा धेरै मधुमेह रोग हुने सम्भावना हुन्छ।
रगतमा रहेको ग्लुकोज सजिलै जाँच गर्न सकिन्छ। सामन्यतः ग्लुकोजको खाएर जाँच गराउने आवश्यकता हुँदैन प्रारम्भिक जाँचमा पेसाबमा ऐलबुमिन वा रगतमा बोसोको अनुमान पनि गराउनु पर्छ।
उपचार
मात्र रगतमा ग्लुकोजको मात्रा कम गर्नु मात्रै मधुमेहको पूर्ण उपचार होइन। उपयुक्त भोजन र व्यायाम अत्यन्त आवश्यक हुन्छ।
कतिपय प्रमुख खाद्यवस्तुहरू जसलाई थोरै मात्रामा प्रयोग गर्नु पर्छ।
नुन, चीनी, गुँड, घिउ, तेल, दूध र दूधबाट बनिएका वस्तुहरू पराठा, मीठा खाने कुराहरू, आइसक्रीम, मिठाई, मांस, अण्डा, चकलेट, सुकेको नारियल आदि।
खाद्यप्रदार्थ जुनचाहिँ धेरै मात्रामा खानु पर्छ।
- हरिया सब्जीहरू, काँक्रो, काँकरी, गोलभेडा, प्याज, लसुन, कागती र सामान्य खोर्सानी तथा मसलाहरूको प्रयोग गर्न सकिन्छ। आलु, चामल र फलहरूको सेवन गर्न सकिन्छ। ज्वार, चना र गहुँका आटाको रोटी (मिस्सी रोटी) धेरै उपयोगी हुन्छ। तोरीको तेल अरू तेलहरू (सोयाबीन, बदम, सूर्यमुखी) सँग प्रयोग गर्नु,खाना खाने समय जहाँसम्म सम्भव हुन्छ निश्चित हुनु पर्छ र लामो समयसम्म भोको बस्नु हुँदैन।
- खानाको मात्रा चिकित्सकद्वारा रोगीको वजन र ऊचाईका हिसाबले केलोरीको गणना गरी निर्धारित गरिन्छ।
- करेला, दाना मेथी आदिले कतिपय रोगीहरूलाई केही फायदा हुन सक्छ तर यिनैमा भर परेर औषधीको उपयोग नगर्नु निरर्थक हो।
उपचारको दोस्रो उपाय हो व्यायाम- सधैँ लगभग 20-40 मिनट छिटो हिँडनु, पौरिनु, साइकल कुदाउनु आदिमा पहिले यो सुनिश्चित गर्नु आवश्यक हुन्छ कि तपाईँको शरीर व्यायाम गर्ने योग्य छ कि छैन। योगाभ्यास पनि उपयोगी हुन्छ। एकदम खाली पेट व्यायाम गर्नु हुँदैन।
भोजनमा उपयुक्त परिवर्तन र व्यायामले जहाँसम्म रगतमा ग्लुकोज नियन्त्रित रहन्छ त्यही अर्कातिर शरीरको वजन सन्तुलित रहन्छ र रक्तचाप नियन्त्रण गर्नमा सहायक हुन्छ।
औषधीहरू
नानीहरूमा मधुमेहको एकमात्र उपचार हो सधैँ इन्सुलिन लिनु। वयस्कहरूमा गोलीहरू र टीकाको उपयोग गर्न सकिन्छ। यो एकदम झुटो कुरा हो कि जसले एकपल्ट इन्सुलिनलिन सुरुगऱ्यो उसले जिन्दगी भरी टीका लगाइरहनु पर्छ। गर्भावस्थामा इन्सुलिन नै एकमात्र उपचार हो।
विकसित देशहरूमा मधुमेहको स्थायी उपचारमाथि खोजी जारी छ र मिर्गौँला प्रत्यारोपणका साथ-साथै पेनक्रियास् प्रत्यारोपण पनि गरिँदै छ, जबकि यो हालै अति व्यापक र कारगर साबित भएको छैन |
मधुमेहका रोगीहरूले के सावधानीहरू लिनु पर्छ
- नियमित रूपमा रक्त ग्लुकोज, रगतमा बोसो र रक्तचापको जाँच गर्नु।
- निर्देशानुसार भोजन र व्यायामले सन्तुलित वजन राख्नु।
- खुट्टाक पनि त्यति नै ध्यान राख्नु पर्छ जति आफ्नो अनुहारको राखिन्छ किनकि खुट्टामा मामुली जस्तो देखिने घाउले छिटो छिटो गम्भीर रूप लिन्छ र गैंग्रीनमा परिवर्तित हुन्छ जसको परिणाम स्वरूप खुट्टो काट्नु पर्ने पनि हुन सक्छ।
- हाइपाग्लाइसिमियासँग मुकाविला गर्नका लागि आफूसँग सधैँ केही मीठो वस्तु राख्नुहोस्, धेरै बेरसम्म भोको बस्नु हुँदैन।
- धूम्रपान र मदिरापान त्याग गर्नु।
- अनावश्यक औषधीहरूको उपयोग नगर्नु।
- अचानक औषधी बन्द कहिल्यै नगर्नु।
- सरकारद्वारा एड्स, टी.बी, औलो, कुष्ठ रोग आदिमा करोडौँ रूपया खर्च गरिन्छ जसको राम्रो परिणाम देखिँदै छ। यसरी मधुमेहलाई पनि श्रेणीमा ल्याएर यसबाट प्रभावी तरिकाले लागि पर्ने आवश्यकता छ।
Comments are closed.