ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सुनसरी, ९ साउन

ईटहरी उपमहानगरपालिका-१२ रिलायसमा को.१ ख ३९६८ नम्बरको ट्रकले प्रदेश न १-०२-०४३  प १०६४ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक मोरङ पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २१ वर्षीय रुपेस दाहालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनसन्धान गरिरहेको छ ।

 

 

Comments are closed.