सम्बन्ध विच्छेद रोकौँ जोगाऔँ परिवार

दुर्गा भट्टराई

मानिसको जन्म प्रकृतिको एक अनुपम उपहार हो । शास्त्रले भन्छ चौरासी जुनी मध्ये एक मान्छेको जुनी हो । गर्भावस्थाबाट नै मानिसको जीवनच्रक शुरु हुन्छ । जन्मपछि क्रमशः हुर्कँदै बढदै यौवनावस्था सुरु भएसँगै विवाहको क्रम सुरु हुन्छ । मानिसको जीवनकाल भरिको समय मध्ये विवाह जीवनको अति महत्वपूर्ण अध्यायको शुरुवात हो । यसमा जीवन साथी चयनको थोरै गल्तिले पनि सम्पूर्ण जीवन बर्बाद हुनसक्छ । जीवन कटाउने, घर बसाउने, जीवन जिउन सहज बनाउने, एउटा चौतारी हो विवाहको मन्डप । जीवनसाथी अर्थात श्रीमान श्रीमती, अर्धाङ्गिनि अर्थात आधा अंग जे भनेर परिभाषित गरे पनि श्रीमान श्रीमती रथका दुई यस्ता पांग्रा हुन एकको कमिमा जीवन जिउन नै कठिन पर्दछ । जीवन यात्रामा दुबैको बराबर कर्तब्य र दायित्व रहेको हुन्छ । विवाहको मन्डपमा जब साथसाथमा सात फेरो लगाईन्छ सो क्रममा एकअर्काले एकअर्काका राम्रा नराम्रा दुबै कुरा अपनाउने बाचा गरिन्छ । यही बाचा अनुरुप पनि राम्रा पक्षलाई मात्र अङगाल्नु त स्वार्थपूर्ण प्रेम भयो । जब मान्छे प्रेममा पर्छ तब नराम्रा कुरालाई हटाउने सङकल्प गर्नुपर्छ । राम्रा कुरालाई मात्र अगाल्नु प्रेम हैन । जीवनसाथीका राम्रा कुरा अंगाल्दै नराम्रा कुरालाई हटाउने प्रयास दुबैतर्फ बराबर हुन्छ र गर्नुपर्छ ।
आजको समयमा जीवनसाथी रोज्ने अत्यन्तै अप्ठेरो काम हो । कतिले संगत गरी, जानिबुझी आफैँले रोज्छन् । कतिले अभिभावक, आफन्त, साथी साथीभाई, छरछिमेक आदिको सहयोगमा रोज्छन् । जसरी रोजेपनी जीवनसाथी अर्थात जीवनभरको साथ र साथी, रोजाई सही र जीवन साथीको साथ सही भएमा जीवन सही दिशामा जान्छ । यदी जीवन साथी गलत भएमा जीवन गलत दिशामा मोडिन्छ । आजभोली अभिभावकले भन्दा आफैंले जीवनसाथी रोज्ने परम्परा छ । कुरा नराम्रो होईन, आफैँले रोजेर, बुझेर, आनिबानी थाहा पाएर सम्बन्ध अगाडी बढाउनु त राम्रो कुरा हो, तर कतिपय अवस्थामा अल्लारे सोचाई, अपरीपक्वता, आदि कुराले जीवनमा ठुलो धोका अथवा दुःखको सामना गर्नुपर्छ । यसकारण गर्दा जीवन असफल बन्न सक्छ ।
आज संचारका विभिन्न माध्यम, बढदो आधुनिकता, अविश्वास, अशिक्षा, शंका उपशंका अहंकार, घमन्ड आदि कुराले राम्रो सम्बन्ध हुँदाहुँदै पनि सम्बन्ध विच्छेद निम्त्याउँदै आएका छन् । जसको कारणले हराभरा घर क्षणभरमै तहसनहस भएको छ । संचारका विभिन्न माध्यम मध्ये सबैको प्रिय र सहज बन्दै आएको मोबाईलका कारण धेरै मानिसका सम्बन्धमा दरार आउने गरेको पाईन्छ । मोबाईलको दुरुपयोग गर्नाले लुकिछिपी सम्बन्ध कायम आधुनिकताको विकास, सहरीकरणको खोजीमा मानिस भौतारिँरहदा शहरका सुकिला, राम्रा मानिस प्रतिको आकर्षण बढदा पनि यस कुराले विकृती निम्त्याएको हुनसक्छ । अभाव र दु;खमा परेका बखत दिएको साथ बिर्सेर बाटो बिराउने मान्छे धेरै छन् । बैदेशिक रोजगारीले कयौंको घरबार गुमेको छ । धेरै धन-सम्पति र सुखको खोजी गर्दागर्दै मानिस यसरी हराउँछ कि उसले बिर्सन्छ की उसको घर छ, परिवार छ, बालबच्चा छन् । शहर र विदेशको झिलिमिली, सुकिलो अनुहार, मिठो खाना आदिका कारण उसले ती मैला दुःखमा परेका परिवार लालाबाला सबै बिर्सन्छ, बिर्सिन्छे । प्रायः आजको मानिसमा सबन्धप्रति सम्मान नभएर होला बिना परिश्रम सुखी हुन खोज्छ भने कतिजना परिश्रम गर्दागर्दै पनि दु :खी पाइन्छन् ।
सम्बन्ध विच्छेदलाई रोक्ने अनेकौ उपाए छन् । जसमध्ये परिवार एउटा यस्तो खम्बा हो जसको कारण बिग्रदै गरेको घर जोगिन मदत गर्छ । पारिवारीक साथ र सहयोगले गर्दा मानिसलभ नराम्रो बाटो छोडन सक्छ । जसको कारण बिग्रन लागेको घर जोगिन मदद् गर्छ । साना–तिना कुरा परिवार सँग बाँढने, दुःख सुखमा अडिग रहने, गुनासो राख्ने, सुन्न आदि कुराले समाधानका बाटो खोज्न मदत गर्दछ । यसकोलागि परिवारसँग नजिक रहने, अभिभावकले सही व्यवहारको पहिचान गर्ने, गलत गरेमा सही मार्गदर्शन गर्ने, धैर्यसाथ कुरा बुझाउने जसको सहयोगले सिमस्या सुल्ंिझयोस । परिवार र परिवारको संस्कार यस्तो महत्वपूर्ण आँैषधी जहाँ हरेक रोगको उपचार सम्भव छ । तर मात्र सही र गलत को फरक अग्रजहरूले छुट्याउन सक्नुपर्छ । परिवारका हरेक सदस्यले आफ्नो परिवारसँग आफ्ना समस्या खुलेर राख्न सक्नुपर्छ । एउटाको आँखामा आँसु आए अर्कोले पुछनु पर्छ । अर्कोले सम्झाउनु पर्छ । अनि पो परविार त । नकारात्मकतिर खस्कदैँ गएको सम्बन्धलाई यदी सही रुपमा पारिवारीक साथ र सहयोग दिइयो भने जस्तोसुकै सम्बन्ध अगाडी बढन सक्छ र टिकाउ हुन्छ । हिँजोआज परिपक्व भएर जीवन साथी रोज्न नसक्नु, देखासेखी, दाइजो प्रथा आदि समस्याले थप उर्जा थपेको छ सम्बन्ध बिच्छेदमा ।
हामी दिनदिनै सुन्छौँ पढ्छौँ नारीहरू ज्युदै जल्नु परेको, आत्महत्या तथा हत्या हुनुपरेको । आफ्नै बराबरी सम्बन्ध गाँस्दा, देखासेखी नगर्दा, एक अर्कालाई सम्मान गर्दा सम्बन्ध जोगिन्छ अथवा बलियो हुन्छ साथै हैसीयत र बिचारमा बराबर उमेरको ख्याल राख्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।
सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्थाको लेखाजोखा जरुरी छ, की कस्तो अवस्थामा सम्बन्ध विच्छेद जरुरी छ, मुल्याङन पनि गर्नु पर्यो । एकअर्काले आफ्ना गल्ती सुधार्ने मौका एक अर्कालाई दिएर हुन्छ कि । घर परिवारले निष्पक्ष समस्या नियालेर, समाजले मुल्याङन गरेर पनि भन्न सकिन्छ कि कति आवश्यक छ सम्बन्ध विच्छेद ।
कसैको पनि घरबार राम्रो हुन श्रीमान श्रीमती, घर परिवार, साथीभाई र समाज सबैको धेर थोर मात्रामा हात रहन्छ । यस्तै सम्बन्ध बिग्रन पनि यी सबै सम्बन्धको कतै न कतै हात रहन्छ । सकारात्मक सोचका साथमा निष्पक्ष रुपमा छानविन गर्नु, हौसला, दिनु, सुझाव दिनु सबैको कर्तब्य हुन्छ । यति गर्दा पनि सम्बन्ध विच्छेद आवश्यक नै छ । अन्याय, अत्याचारले चरम सीमा नाघेको छ भने सोचनीय हुनेछ । अन्याय अत्याचारका पनि दुई रुप हुन्छन्, मानसिक र शारीरिक । यदी यी दुबै रुपबाट पीडित हुन्छ भने र भुल सुधारका कुनै पनि उपाय लागु हुँदैन भने सम्बन्ध विच्छेद उपर्युक्त हुन्छ । नभए त सम्बन्ध जोगाएको राम्रो । तपाईको सम्बन्ध सुध्रिँदा कति राम्रा पक्ष  बन्छन् । सम्बन्ध बिगार्दा कति घातक छ र यसले कुन–कुन पक्षलाई हानि नोक्सानी पुर्याउँछ, सही मुल्याङकन गर्नु अत्यन्त महत्वपूर्ण रहन्छ । तपाई हामीलाई बचाउन, अन्याय र अत्याचारबाट जोगाउन बनाईएको कानुनको सदुपयोग गरौँ र सम्मान गरौँ । अन्तमाः रोकौँ सम्बन्ध विच्छेद, सजाऔँ आफ्नो घर -परिवार ।

Comments are closed.