काठमाडौं । डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७औँ राष्ट्रपतिको शपथ लिनुभएको छ । ट्रम्पलाई अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराउनु भएको हो । माइनस ६ डिग्री तापक्रम रहेका कारण करिब ४० वर्षपछि कुनै पनि राष्ट्रपतिको शपथ समारोह इन्डोर अर्थात् सभा हलभित्र भएको हो । शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकालाई अहिलेसम्मकै राम्रो अवस्थामा पुर्याउने दाबी गर्नुभयो ।
सपथ समारोह क्यापिटल हिल्सको क्यापिटल रोटुन्डामा भएको थियो । यसअघि सन् १९८५ मा राष्ट्रपति रोनाल्ड रेगनले चिसोका कारण सभाहलभित्रै शपथ लिनुभएको थियो ।
समारोहमा पूर्वराष्ट्रपति जो बाइडन, उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल, पूर्वराष्ट्रपति बिल क्लिन्टन र उहाँकी पत्नी हिलारी, पूर्वराष्ट्रपतिहरु जर्ज बुश र बाराक ओबामा पनि उपस्थित रहनुभएको थियो ।
समारोहमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेली, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ, एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले, ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो र पोल्याण्डका पूर्वप्रधानमन्त्री माटेउस मोराभिकको पनि सहभागीता रहेको थियो ।
Trending Now
- त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन आज, १५ वटामा भने अनिश्चित प्रतिस्पर्धामा २५ विद्यार्थी संगठन
- Israel launches major attack on Gaza after talks with Trump administration, killing 80 people
- वीपी राजमार्ग पुनर्निर्माण : दोस्रो खण्डको पनि ठेक्का आह्वान, साढे दुई अर्ब लागत
- साहित्य अकादमी पुरस्कार कथाकार युवा बराल (अनन्त) लाई
- पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा, नेपाली कलाकारले पनि अभिनय गर्ने
- अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्स मंगलबार पृथ्वीमा फर्कने : नासा
- अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ सार्वजनिक
- मीना पौडेलको ‘साहस’ सार्वजनिक
- Death toll from US airstrikes in Yemen has climbed to 53
- Saudi government preparing to organize a franchise tournament bigger than IPL
Comments are closed.