एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्ष तथा प्रदेश सदस्यहरू एमालेमा फिर्ता 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटी सहितका नेताहरू नेकपा एमालेमा नै फिर्कनु भएको छ । बोगटीसहित सो पार्टीको प्रदेश कमिटीका नेताहरू आइतबार पुरानै पार्टी नेकपा एमालेमा फर्कनु भएको हो । नेकपा एमालेको धनगढीमा आयोजित प्रथम प्रदेश अधिवेशनमा उहाँहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, सचिवहरू छविलाल विश्वकर्मा, लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापासहितका नेताहरूले उहाँहरूलाई एमालेमा स्वागत गर्नुभयो ।

यसरी एमालेमै फर्कने बोगटीसँगै सो पार्टीका प्रदेश कमिटी सदस्य देवबहादुर खड्का, मानबहादुर बोगटी, मेघराज भट्ट लगायत हुनुहुन्छ । सो पार्टीका जिल्ला स्तरका अन्य नेताहरू यस अघि नै एमाले फर्किनु भएको छ ।

डोटी माओवादी नेता प्रेम आलेको जिल्ला हो । मन्त्री हुनका लागि एमाले फुटाएर एकीकृत समाजवादी बनाउन मुख्य भूमिका खेल्ने मध्ये आले पनि एक हो ।

Comments are closed.