बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबारबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन सुरु भएको छ । हिमालबाट बगेका तीनवटा नदीले आफ्नो समुद्रसम्मको यात्राको कथा नाटकले भनेको छ । यात्रामा मान्छे, जनावर र जलप्राणीहरू भेटिन्छन् ।
कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएर उपत्यकाबाहिर १२ पटक मञ्चन भएको नाटकको लेखन तथा निर्देशन अमजद प्रवेज तथा घिमिरे युवराजले गर्नुभएको छ । नाटकमा ज्योति पोखरेल, रविन परियार, पवित्रा खड्का, सङ्गीता उराव, झकेन्द्र बिसी, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहर तथा ज्याक बरालको अभिनय रहेको छ । नाटकमा सङ्गीत स्मारिका फुयाँल र अनुप तिमल्सिनाले दिनुभएको छ ।
यो नाटकलाई काठमाडौमा साउन १ देखि १५ गतेसम्म देखाइनेछ ।
Trending Now
- सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
- पत्रकारलाई प्रधानन्यायाधीशको आग्रह- समाचार सनसनीपूर्ण नबनाइदिनू
- अमेरिकामा क्यान्सरसँग संघर्षरत नेपाली युवा विवेक पंगेनीको उपचारका क्रममा हिजो दु:खद निधन
- Israel Expands Military Operations with Airstrikes in Yemen
- Knighthood awarded to director Christopher Nolan, becoming ‘Sir’ Christopher Nolan
- Russian oil spill pollutes 50 km of Krishna Sea coast
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain
Comments are closed.