नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले संसदमा दर्ता भएको शिक्षा विद्येयक जस्ताको तेस्तै अवस्थामा स्वीकार गर्न नसकिने बताउनु भयो ।
नेपाली काँग्रेसको क्षेत्रीय सम्मेलन धुलाबारीमा बोल्दै संघीय सांसद समेत रहनु भएका शर्माले शिक्षाका थुप्रै बिषयलाई समावेश नगरी सरकारले संसदमा दर्ता गराएको विद्येयक काँग्रेसले स्वीकार गर्न नसक्ने बताउनु भयो । यो विद्येयक जस्ताको त्यस्तै स्वीकार हुदैन, शर्माले भन्नुभयो, संसदमा उभिएर सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनेछु ।
शिक्षकहरूको देशव्यापी आन्दोलनको बिषयलाई संकेत गर्दै शर्माले भन्नुभयो, शिक्षा विद्येयकमा केही राम्रा कुराहरू पनि छन त्यस्ता विषयलाई पनि छलफलमा ल्याउनुहोस तर संविधानले दिएको अधिकार कुण्ठित गर्ने गरी विद्येयकमा राख्नु गलत हो ।
संविधानले दिएको ट्रेड युनियनको अधिकार रक्षाका लागि गरिने संघर्षमा आफु शिक्षकहरूको साथमा रहेको समेत काँग्रेस महामन्त्री शर्माले बताउनु भयो ।
Comments are closed.