Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

निर्वाचन आचारसंहिता, २०८२ लागू

Editorial Team by Editorial Team
January 19, 2026
in Feature, Nepal, News
0
निर्वाचन आचारसंहिता, २०८२ लागू
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं- निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।

आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ। आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ।

स्थानीय कार्यपालिका र सोका सदस्य, संघ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठनलाई आचारसंहिता लाग्नेछ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने जनाइएको छ।

पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन्।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिताको दायरामा परेका छन्।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई आचारसंहिता लाग्नेछ।

आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि आयोगले सबैको सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

Advertisement Banner
Previous Post

आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

Next Post

दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्यूरोलाई निर्वाचन आयोगको निर्देशन

Editorial Team

Editorial Team

Next Post
दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्यूरोलाई निर्वाचन आयोगको निर्देशन

दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्यूरोलाई निर्वाचन आयोगको निर्देशन

Recommended

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

2 months ago
Proportional Representation list: 40 names from Balen Shah’s camp agreed

Rastriya Swatantra Party central committee endorses unity agreement with Balen Shah

3 months ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.