राष्ट्रिय सभा सदस्य चुनाव : आज रातिदेखि माैन अवधि

काठमाडाैं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ ।

आज राति १२ बजेदेखि चुनावका लागि माैन अवधि सुरु हुने आयाेगले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । माैन अवधि सुरु भएसँगै प्रचारप्रसार लगायत कार्यक्रम गर्न पाइने छैन ।

आज रातिदेखि मतदान नसकुञ्जेलसम्म उम्मेदवारका पक्ष-विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला-गोष्ठी लगायत काम गर्न नपाइने आयाेगले जनाएकाे छ ।

राष्ट्रिय सभाका १९ सदस्य पदका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

Comments are closed.