Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

निर्वाचन सुरक्षा योजना तयार

Editorial Team by Editorial Team
December 24, 2025
in Nepal, News
0
निर्वाचन सुरक्षा योजना तयार
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ, आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ एक लाख ३६ हजार म्यादी (अस्थायी) प्रहरी भर्ना गरिने भएको छ ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना’ अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षार्थ आवश्यक जनशक्ति पदपूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी स्वीकृतिका लागि गृह मन्त्रालयसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यविधिको मसौदामा निर्वाचन सुरक्षार्थ ४० दिनका लागि एक लाख ३६ हजार ८११ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीबाट ७७ हजार ७७ जना प्रत्यक्ष रूपमा परिचालन हुने र थप अपुग जनशक्ति एक लाख ३६ हजार म्यादी प्रहरी भर्ना गर्ने गरी गृहकार्य भइरहेको बताउनुभयो ।
निर्वाचन अघि, निर्वाचनको अवधि र निर्वाचनपछि गरी परिचालन हुने म्यादी प्रहरीका लागि प्रहरीको सिपाही सरहको तलब सुविधा, भौगोलिक अवस्था अनुसार पोसाक, दैनिक रासन तथा खाजा भत्ता र भ्रमण भत्तासमेत उपलब्ध गराइने भएको छ ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदान स्थल रहने प्रारम्भिक आकलन गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीबाट अपुग हुने जनशक्ति म्यादी प्रहरीमार्फत भर्ना गर्ने तयारी गरेको हो । कार्यालयले तयार पारेको म्यादी प्रहरी भर्ना कार्यविधि कानुन शाखाले थप अध्ययन गरी सुझाव र आवश्यक परिमार्जनसहित अन्तिम रूप दिएपछि निर्णयका लागि गृह मन्त्रालयमा पेस गर्ने तयारी गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पनि निर्वाचन सुरक्षार्थ थप आवश्यक जनशक्ति म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । आइतबार बसेको उक्त बैठकमा गृहमन्त्री अर्याल, प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की, सशस्त्रका आइजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सैनिक अधिकारीको उपस्थिति रहेको थियो ।
समितिको बैठकले निर्वाचनअघि, निर्वाचनको अवधि र निर्वाचनपछिको सुरक्षा अवस्थाबारे छलफल गरी सोही अनुसारको सुरक्षा तयारी तथा रणनीति अपनाउने निर्णय पनि गरेको छ । निर्वाचनको सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई छुट्टाछुट्टै तीन वटा घेरामा परिचालन गरिने भएको छ । जस अनुसार नेपाल प्रहरी र त्यसमातहत रहने म्यादी प्रहरी पहिलो घेरामा तैनाथ हुने छन् ।
सशस्त्र प्रहरी दोस्रो घेरा र नेपाली सेना तेस्रो घेरामा परिचालन गरिने भएको छ । सेना परिचालन गर्ने निर्णय भइसकेको छ । नेपाली सेनाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आन्तरिक र एकीकृत सुरक्षा योजनासँगै आफ्नामातहतका निकायलाई परिचालन गरिसकेको छ । ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना अनुसार एकीकृत सुरक्षा योजना अनुसार नेपाल प्रहरीले कार्य विभागका प्रमुख उमाप्रसाद चतुर्वेदीको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय सुरक्षा सेल गठन गरी आवश्यक पूर्वतयारी सुरु गरेको छ ।
त्यसै गरी प्रदेश प्रहरी प्रमुख डिआइजीको नेतृत्वमा प्रदेश प्रहरी सेल र जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा जिल्ला निर्वाचन सेल गठन भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्रले सशस्त्र प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । त्यसै गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा बाहिनी निर्वाचन सेल र सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गण निर्वाचन सेल र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गुल्म निर्वाचन सेल गठन भई निर्वाचन सुरक्षा तयारी सुरु गरिएको छ ।
केन्द्रीय सुरक्षा समितिले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा हुन सक्ने सुरक्षा चुनौती विश्लेषण गरी निर्वाचनमा भाग नलिने समूह, फरार कैदी र जेनजी आन्दोलनमा लुटिएका केही हतियारबारे निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । निर्वाचन सुरक्षार्थ परिचालन हुने चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्न एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी सोही अनुसारको तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

Advertisement Banner
Previous Post

आजदेखि ‘विराट ट्रेड एक्स्पो’: तयारी पूरा

Next Post

सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव

Editorial Team

Editorial Team

Next Post

सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव

Recommended

Dachser revenue exceeds EUR 7 billion for the first time

Dachser revenue exceeds EUR 7 billion for the first time

4 years ago
अस्पतालको सेवा विस्तार, कलेज स्थापना र सुकुम्बासी समस्या समाधानका लागि ठोस पहल गर्ने डा. शेखर कोइरालाको प्रतिबद्धता

अस्पतालको सेवा विस्तार, कलेज स्थापना र सुकुम्बासी समस्या समाधानका लागि ठोस पहल गर्ने डा. शेखर कोइरालाको प्रतिबद्धता

1 month ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.