नेपाली बलरको उत्कृष्ट प्रदर्शन, पूरै ओभर टिक्न सकेन पाकिस्तान

काठमाडौं : एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा  नेपालले ८८ रनको विजयी लक्ष्य पाएको छ।

हङकङको मिसन रोड ग्राउण्डमा टस हारेको पाकिस्तान ‘ए’ले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो।

पाकिस्तानका लागि सहवाल जुल्फिकरले सर्वाधिक २८ रन बनाइन्। कप्तान फातिमा सानाले नटाउट १६ रनको योगदान गरिन्। पाकिस्तानलाई सस्तैमा समेट्न् इन्दू बर्माले ३ विकेट लिँदा कविता जोशी र सीता रानामगरले समान २ विकेट लिए। कविता कुँवरले एक विकेट चट्काइन्।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । थाइल्यान्डले भिसा प्रक्रियामा समस्या देखाउँदै सहभागिता फिर्ता लिएपछि नेपालले मौका पाएको हो।

नेपाल रहेको समूहमा पाकिस्तान र भारतका ए टिम र आयोजक हङकङका टिम छन्। समूहबाट शीर्ष दुईमा पर्न सके नेपालले सेमिफाइनलमा स्थान बनाउने छ।

नेपालले दोस्रो खेल असार २ गते भारतको ए टिमसँग खेल्ने तालिका छ। असार पाँच गते अन्तिम खेलमा नेपालले घरेलु टिमसँग खेल्ने छ।

Comments are closed.