सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अपारदर्शी भएको बताएका छन् ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
कांग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेकोसमेत उनको भनाइ छ ।अध्यक्ष प्रचण्डले भने, ‘यस सरकारप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर कांग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ।’संवैधानिक व्यवस्था,विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्दै सरकारले सदन छलेर अध्यादेशबाट शासन गरिरहेको उनले उल्लेख गरे ।उनले सरकारलाई सदन खुलाउन माग गरेको र सदनका लागि कुरिरहेको बताए ।
Trending Now
- कथादिवस सम्पन्न, रत्न कोजुलाई मैनाली कथा सम्मान र डा. राजेन्द्र विमललाई भानु तुलसी सम्मान
- Israeli forces kill 15 Palestinian doctors: UN
- सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’को लोकार्पण
- Nepal to send aid to Myanmar earthquake victims
- आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने
- रहेनन् सांसद दीपक बोहरा
- सुरभिकाे १७१ औं आख्यान वाचन सम्पन्न
- नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
- नेपाल-म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने
- हिमालय एअरलाइन्स्को ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु
Comments are closed.