काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार घटेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ७.२९ अकंले घटेर १८५१.२३ बिन्दुमा बन्द भएकोछ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.६५ अकंले घटेर ३५४.४३ को बिन्दुमा पुगेर बन्द भएको छ ।
आज २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।
साताको पहिलो कारोबारको दिन १२ उपसूचक राताम्य भएका छन् ।
आज बैंकिङ समूहको ०.४८ प्रतिशत, विकास बैंक समूहको ०.४६ प्रतिशत, फाइनान्स समूहको ०.५५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५४ प्रतिशतसहित १२ उपसूचक राताम्य भएका हुन् ।
आइतबार सोनापुरको ६ करोड ९५ लाख रुपैयाँ र ह्थावे इन्भेष्टमेन्टको ३ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । आइतबार माउन्टेन इनर्जी, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमा नकारात्मक सर्किट लागेको छ । बजार ओरालो लागेसँगै १६५ कम्पनीको सेयर मूल्य घटेको छ ।
Comments are closed.