यु-१९ एसिया कप क्रिकेटमा सहभागी हुने नेपाली टोलीकाे बिदाइ

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कप क्रिकेटमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएकाे छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमबीच नेपाली युवा टाेलीलाई बिदाइ गरेकाे हाे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले नेपाली खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएकाे थियाे । उहाँले उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिनुभएकाे थियाे ।

यु-१९ एसिया कपका लागि क्यानले देव खनालको कप्तानीमा नेपाली टोली घाेषणा गरेकाे थियाे । टोलीमा सिनियर राष्ट्रिय क्रिकेट टाेलीका गुल्सन झा पनि सामेल छन् ।

टाेलीमा खनाल र झासहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् ।

प्रतियोगिता डिसेम्बर ८ देखि युएईमा सुरु हुँदैछ । नेपाल समूह ‘ए’ मा  छ । नेपालकाे समूहमा अफगानिस्तान, भारत र पाकिस्तान छन् ।

Comments are closed.