Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

कुमारी आमा निहारिका न्यायको लागि अनसन

himalaya Diary News Service by himalaya Diary News Service
June 12, 2022
in Feature, Kathmandu, Nepal, Women
0
कुमारी आमा निहारिका न्यायको लागि अनसन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

१९ वर्षीया निहारिका राजपुत । अहिले काठमाडौंको बसन्तपुरमा न्यायका लागि अनशनमा बसेकी छिन् ।  २०७६ साल कार्तिकमा आफ्नै साथीका दाजुले बलात्कार गरेको आरोपसहित न्याय मागिरहेकी निहारिकाको काखमा २१ महिनाको छोरा छन् ।

उनको बलात्कार गर्ने आफ्नै साथीका दाजु थिए । जसले निहारिकालाई मन पराएका  थिए । निहारिकाले उनको प्रेम प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन् । बलात्कार भएको दिन पनि उनकी साथीले निहारिकालाई सँगै पढ्न आफ्नो घरमा बोलाएको र सोही दिन खानेकुरामा नशालु पदार्थ पिलाएर बलात्कार गरेको निहारिकाको आरोप छ । निहारिका त्यतिबेला कक्षा ११ मा अध्ययन गर्थिन् । बलात्कार भएको समय आफ्नो उमेर १७ वर्ष रहेको निहारिकाले बताएकी छिन् ।

बलात्कार भएको १ महिनापछि निहारिकाले आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि उनी निरन्तर न्यायका लागि भौँतारिइरहेकी छिन् । बलात्कारपछि गर्भवती भएकी निहारिकालाई धेरैले बच्चा फाल्न सुझाएका थिए । तर, उनको मनले बच्चा फाल्न मानेन । उनले छोरालाई जन्म दिइन् । एक्लै छोरो हुर्काइरहेकी निहारिका अहिले आर्थिक चपेटामा परेकी छिन् । उनले आफूसँग कोठा भाडा तिर्ने र छोरालाई खुवाउने समेत पैसा नभएको बताएकी छिन् ।

न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेकी निहारिकालाई जिल्ला अदालत धनुषाले न्याय दिन सकेन । उल्टै आरोपीलाई सफाइ दियो । त्यसपछि न्याय खोज्न काठमाडौं आएकी निहारिका कहिले माइती घरको सडक पेटीमा त कहिले बसन्तपुरमा भेटिन्छिन् । उनले महिलाको हक÷अधिकारको रक्षाका लागि गठन भएको महिला आयोगले पनि आफूलाई सहयोग नगरेको आरोप लगाएकी छिन् ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी निहारिका ४ महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश देखिन्छिन् । गत शुक्रबारबाट न्यायका लागि आमरण अनशन सुरु गरेकी निहारिकाले माइतीघरबाट अनशन सुरु गरेकी थिइन्। तर माइतीघरमा अनशनरत निहारिकालाई रात परेपछि प्रहरीले बलजफ्ती उठायो । त्यसपछि उनको अनशनस्थल परिवर्तन भयो ।

निहारिका आफ्नो बच्चाको डीएनए परीक्षण गरी छोरालाई न्याय दिनुपर्ने मागसहित अनशनमा बसेकी हुन्। अनशनरत निहारिकाले बुँदागत रुपमा आफ्ना माग राखेकी छिन्। उनका माग यस प्रकार रहेका छन्

मेरो बच्चाको डिएनए टेस्ट गरिनु पर्यो । काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम  फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेननन्? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुप¥यो ।

उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो ।

मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्यो ।

घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनु पर्यो । हिजो मेरो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिुनपर्यो । उनीहरुमाथि पनि छानबिन हुनुपर्यो ।

मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्यो ।

माथि उल्लेखित माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने निहारिकाले बताएकी छिन्। बलात्कृत भएपछि न्यायका जहाँ पुगेपछि आफूलाई हरेक ठाउँमा गलत बनाएको निहारिकाको गुनासो छ ।

उनी भन्छिन् ‘जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायलय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ, म मेरै घर परिवारबाट तिरस्कृत हुनुपर्याे । जसको परिणति आजको दिनमा साढे दुई वर्षदेखि काठमाडौंमा कोठा भाडा तिरेर बसिरहेकी छु।’ उनले न्यायप्राप्तिको दौडमा ज्यान मार्ने धम्की पनि खेप्नुपरेको बताएकी छिन् ।

Advertisement Banner
Previous Post

European Central Bank to increase interest rates for first time in more than 11 Years in July

Next Post

India’s growing military prowess, a stabilising force in Asia-Pacific, says US Defence Secretary Llyod Austin

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
India’s growing military prowess, a stabilising force in Asia-Pacific, says US Defence Secretary Llyod Austin

India’s growing military prowess, a stabilising force in Asia-Pacific, says US Defence Secretary Llyod Austin

Recommended

Brain regions related to smell show decline following mild COVID-19

Nepal reports 260 new cases, 48 recoveries and zero death on Thursday

4 years ago
Nepal: Election police deployed on streets ahead of polls

‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport

6 days ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.