बाँकेको बाहुबली हर्बल प्रालिमा भीषण आगलागी, भारतबाट पनि बेलाइयो दमकल

बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालि परिसरभित्रको फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ-खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि नेपाल र भारतका ११ वटा दमकलले आगो नियन्त्रणमा लिँदै ।
बिहीबार बिहान ७ बजे जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए । उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको उनले बताए । मुख्य गोदाम भने सुरक्षित रहेको डिएसपी डाँगीले जानकारी दिए । अहिले आगो निभाउने काम भइरहेको उनले बताए ।
‘आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । करिब ९० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ,’ उनले भने । आगलागीबाट मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आएपछि भौतिक क्षतिबारे थाहा उनले उनले बताए । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

Comments are closed.