नागढुंगा सुरुङमा पहिलो ‘ब्रेक थ्रु’,

काठमाडाैँ : नागढुंगा सुरुङमार्ग आयोजनामा पहिलो ‘ब्रेक थ्रु’ भएको छ । आज सोमबार धादिङ र काठमाडौँकाे दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो ।

यो सुरुङको कुल दूरी २.५५७ किलोमिटर ५ । उक्त आपत्कालिन सुरुङको खन्ने काम सकेर आज ब्रेक थ्रु भएको घोषणा पनि गरिएको छ ।

अब भने फिनिसिङको काम थालिने आयोजनाले जनाएको छ । मुख्य सुरुङ मार्गको काम भने अहिले पनि जारी रहेको र अबको केही महिनामा ब्रेक थ्रु हुने जनाइएको छ । त्यसको २.६८८ किलोमिटरमध्य २.१६३ किलोमिटर खन्ने काम सकिएको छ ।

आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, सचिव केशवकुमार शर्मासहितको टोली पुगेर सुरुङको ब्रेक थ्रु गरिएको थियो ।

Comments are closed.