नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

काठमाडाैं । नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण (जिन सिक्वेन्सिङ) सफल भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
याेसँगै अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रगत र टिस्युबाट स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ । प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमुना परीक्षण नियमित गर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो परीक्षण ३० हजारमा हुने मन्त्रालयले जनाएकाे छ ।
यसअघि स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि नमुना भारत पठाउनुपर्ने बाध्यता थियो । भारतमा स्तन क्यान्सरको वंशानुगत नमुना परीक्षणका लागि ६० हजार लाग्ने गरेको थियाे ।

Comments are closed.