काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छेन्दु पुग्नुभएको छ ।
मन्त्री राणालाई छेन्दुमा चिनियाँ विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उहाँ बिहीबार दिउँसाे चीन प्रस्थान गर्नुभएको थियाे । भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटवार्ता शुक्रबार चीनको छेन्दु शहरमा नै हुनेछ । साे भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारी लगायत दुई देशबीचको आपसी हितका विविध विषयमा केन्द्रित हुनेछ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप मन्त्री राणा चीन जानुभएको हो ।
मन्त्री राणा मंसिर १५ गते स्वदेश फर्किनुहुनेछ । प्रधानमन्त्री ओलीसँग पुन: मंसिर १७ गते उहाँ चीन जानुहुनेछ ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.