Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Bangaladesh

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान

Editorial Team by Editorial Team
December 1, 2025
in Bangaladesh, News, South Asia
0
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा अर्को फाइल पनि खोलिएको छ ।मृत्युदण्ड र २१ वर्षको जेल सजायपछि अब अर्को फाइल खुलाइएको हो । बंगलादेशमा आजभन्दा १६ वर्षअघि हिंस्रक विद्रोह भएको थियो, जसमा दर्जनौं वरिष्ठ सैन्य अधिकारीहरूको हत्या भएको थियो।
यी सामूहिक हत्याहरूको अनुसन्धानका लागि गठित आयोगले आइतबार पूर्व प्रधानमन्त्री शेख हसिनाले नै यी हत्याहरूको आदेश दिएको दाबी गरेको छ ।
बंगलादेश राइफल्स (बीडीआर) का उग्र सैनिकहरूले ढाकाबाट सुरु भई सन् २००९ मा देशभर फैलिएको दुई दिने विद्रोहको क्रममा सैन्य अधिकारीहरू सहित ७४ जनाको हत्या गरेका थिए।यी हत्याहरूका कारण तत्कालीन प्रधानमन्त्री हसिनाको सरकारको ठूलो आलोचना भएको थियो । उनले पद सम्हालेको केही हप्ता मात्र भएको थियो।
गत वर्ष अर्थात् २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि शेख हसिनालाई पदमुक्त गरिएको थियो। शेख हसिना भारतमा बसिरहेकी छन् । मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले सन् २००९ को घटनाको अनुसन्धान गर्न एउटा आयोग गठन गरेको थियो।
७८ वर्षीया हसिनाले त्यसबेलादेखि बंगलादेश फर्कने अदालतको आदेश नमान्दै भारतमा शरण लिइरहेकी छन् । बंगलादेश सरकारले भारत सरकारलाई हसिनालाई बुझाउन पत्राचार गरिरहेको छ ।
रिपोर्टमा के दाबी गरिएको छ ?
आइतबार बुझाइएको आयोगको रिपोर्ट अनुसार, हसिनाको नेतृत्वमा रहेको तत्कालीन अवामी लीग सरकार विद्रोहमा सीधै संलग्न थियो। आयोगका प्रमुख एएलएम फजलुर रहमानले संसदका पूर्व सदस्य फजले नूर तपोशले मुख्य समन्वयकको रूपमा काम गरेको र हसिनाको इसारामा हत्याहरूलाई कार्यान्वयन गर्न हरियो झण्डा देखाएको बताएका छन्।
अनुसन्धानमा कुनै विदेशी शक्तिसँग मिलेर उक्त काम गरिएको पनि दाबी गरिएको छ। पछि आइतबार एक प्रेस सम्मेलनमा रहमानले नरसंहारपछि भारतमाथि देशलाई अस्थिर बनाउने र ‘बंगलादेश सेनालाई कमजोर बनाउने’ प्रयास गरेको आरोप लगाए।
रहमानले भने, ‘बंगलादेशको सेनालाई कमजोर पार्नका लागि लामो समयदेखि षड्यन्त्र रचिएको थियो।’बंगलादेशका अन्तरिम प्रमुख युनुसले आयोगको रिपोर्टको स्वागत गर्दै देश सन् २००९ को हत्याहरूको पछाडिका कारणहरू बारे लामो समयसम्म अन्धकारमा रहेको बताएका छन् ।उनले भने, ‘आयोगको रिपोर्टमार्फत अन्ततः सत्य बाहिर आएको छ।’

Advertisement Banner
Previous Post

Jeddah F1H2O World Powerboat Championship Heats Up Ahead of Main Race

Next Post

जेनजी आन्दोलन पछि नेपाल प्रहरीमा जागिर छाड्ने क्रम बढ्दो

Editorial Team

Editorial Team

Next Post
जेनजी आन्दोलन पछि नेपाल प्रहरीमा जागिर छाड्ने क्रम बढ्दो

जेनजी आन्दोलन पछि नेपाल प्रहरीमा जागिर छाड्ने क्रम बढ्दो

Recommended

Seven books shortlisted for Madan Puraskar 2081

Seven books shortlisted for Madan Puraskar 2081

4 months ago
ADB, CWA Sign Deal to Improve Wastewater Management System in the PRC

ADB, CWA Sign Deal to Improve Wastewater Management System in the PRC

3 months ago

Don't Miss

नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी

नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी

March 23, 2026
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

March 23, 2026
यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

March 23, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

March 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.