काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले अहिले मेयर बालेन शाहले नगरप्रहरीको बलमा गुण्डागर्दी गरिरहेको आरोप लगाउनु भएको छ ।शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा पूर्वमेयर शाक्यले आफ्नो पालामा नगर प्रहरीले एक जनालाई पनि कुटपिट नगरेको बताउँदै अहिले नगरप्रहरीले जनप्रतिनिधिलाई समेत धम्क्याउने काम गरेको आरोप लगाउनु भयो । उहाँले नगरप्रहरीको बलमा हुने गुण्डागर्दी सैह्य नहुने चेतावनी दिनु भयो ।
‘स्थानीयको इच्छा विपरित महानगरले काम गरिरहेको छ’, पूर्वमेयर शाक्यले भन्नुभयो, ‘न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको छ । उहाँले नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गर्नुभयो ।पूर्व मेयर शाक्यले महानगर प्रमुख बालेनको धरहरा भत्काइदिने अभिव्यक्तिको प्रतिरोध गर्नुभयो । उहाँले भन्नु भयो, ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरुलाई दिने गर्छन् ।’
शाक्यले काठमाडौं महानगरको मेयर हुँदा अघि बढाएका कामबाहेक एक-दुई काम मात्र अहिले नयाँ ढंगले आएको दाबी गर्नु भयो । आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९औं स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७औं स्थानमा पुगेको उहाँको भनाइ थियो ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.