भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी दोषी ठहर, ६९ लाख जरिवानासँगै ९ महिना कैद

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उहाँलाई ६९ लाख १५ हजार जरिवानासँगै ९ महिना कैद सजाय समेत तोकेको छ ।सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि साउन १३ गते फैसला सुनाउने समय तोकिएको थियो । मुद्दामा ४८औं पेसीपछि आज आइतबार फैसला भएको हो ।
आफू पदमा रहँदा पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाएर भ्रष्टाचार गरेको अभियोगमा जोशीलाई विशेष अदालतले यसअघि नै दोषी ठहर गरेको थियो । सर्वोच्चले पनि विशेषको फैसलालाई निरन्तरता दिएको हो ।यही मुद्दामा जोडिएका ताराराज पाण्डे र वासुदेव पन्तले भने सफाइ पाउनुभएको छ ।

Comments are closed.