काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे सरोकारवालासँग परामर्श गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श गरेका हुन् ।
छलफलमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी छन् । त्यसैगरी पूर्व परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ लगायत छन् ।
प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीन भ्रमणका लागि प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मङ्सिर १८ गते चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने बताइएको छ ।
Trending Now
- Shiva Neupane’s Inspiring Story of Falang Food Dictionary Included in Grade Nine Curriculum in Nepal
- China opens up to global investors: new opportunities in the economy
- भूपी: छोरीको स्मृतिमा’ पुस्तक प्रकाशित
- इटहरीको सेन्टर प्लाजा आगलागी: १६ जनाको उद्धार
- South Korean Prime Minister Han’s impeachment dismissed, reinstated as acting president
- Russia, Ukraine agree to stop military attacks in Black Sea
- विपन्न बालबालिकालाई सहिद गंगालालमा मुटुको उपचार निःशुल्क गर्ने निर्णय
- सरकारले भूमि सम्बन्धी विधेयक नियमित प्रक्रियाबाट सदनमा लैजाने
- विश्व कविता महोत्सव सम्पन्न
- Sudanese army airstrike kills hundreds in Darfur market
Comments are closed.