Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पूर्व अमेरिकी नौसेना नाविकलाई चीनलाई गोप्य जानकारी बेचेको आरोपमा १६ वर्ष जेल सजाय

Editorial Team by Editorial Team
January 16, 2026
in News, World
0
पूर्व अमेरिकी नौसेना नाविकलाई चीनलाई गोप्य जानकारी बेचेको आरोपमा १६ वर्ष जेल सजाय
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं– चीनको गुप्तचर निकायलाई अमेरिकी नौसेनाको गोप्य सैन्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविक जिनचाओ वेईलाई दुई सय महिना (१६ वर्ष ८ महिना) जेल सजाय सुनाइएको छ।
सान डिएगोको संघीय अदालतमा न्यायाधीशले २५ वर्षीय जिनचाओ वेई (जसलाई प्याट्रिक वेई पनि भनिन्छ) लाई यो सजाय सुनाएका हुन्। सन् २०२५ को अगस्टमा संघीय निर्णायक मण्डलले उनलाई जासुसीसहित छ वटा अपराधमा दोषी ठहर गरेको थियो। अमेरिकी न्याय विभागका अनुसार उनले बेचेको जानकारीका लागि १२ हजार डलरभन्दा बढी भुक्तानी लिएका थिए।
युएसएस एसेक्समा इन्जिनियर (मेसिनिस्ट मेट) का रूपमा कार्यरत वेई सन् २०२३ को अगस्ट ३ मा चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ परेका दुई क्यालिफोर्निया नाविकमध्ये एक थिए। अर्का नाविक वेनहेङ झाओलाई सन् २०२४ मा षड्यन्त्र र घुसखोरीको अभियोगमा २७ महिना जेल सजाय सुनाइएको थियो।
अमेरिकी अधिकारीहरूले वर्षौंदेखि चिनियाँ सरकारबाट आउने जासुसी खतराबारे चिन्ता व्यक्त गर्दै आएका छन्। हालैका वर्षहरूमा बेइजिङका गुप्तचर अधिकारीहरूविरुद्ध संवेदनशील जानकारी चोरी गरेको भन्दै दर्जनौं मुद्दा चलाइएका छन्।
प्रमाणहरूअनुसार सन् २०२२ को फेब्रुअरीमा सामाजिक सञ्जालमार्फत एक चिनियाँ गुप्तचर अधिकारीले वेईलाई भर्ती गरेका थिए। ती व्यक्तिले आफूलाई चाइना शिपबिल्डिङ इन्डस्ट्री कर्पोरेशनमा कार्यरत नौसेनाको रूपमा चिनाएका थिए।
अदालतमा प्रस्तुत प्रमाणअनुसार वेईले एक साथीलाई यो व्यक्ति ‘अत्यन्त शंकास्पद’ र ‘स्पष्ट रूपमा जासुस’ भएको बताएका थिए। साथीले सम्पर्क मेटाउने सल्लाह दिए पनि वेईले त्यसलाई बेवास्ता गर्दै कुराकानीलाई अर्को इन्क्रिप्टेड मेसेजिङ एपमा सारेर जारी राखेको पाइएको छ।
१८ महिनाको अवधिमा वेईले ती अधिकारीलाई युएसएस एसेक्सको तस्बिर र भिडियोहरू पठाएका थिए। उनले विभिन्न नौसेना जहाजहरूको स्थान जानकारी दिएका थिए साथै एसेक्सको रक्षात्मक हतियारबारे विवरण उपलब्ध गराएका थिए। यसबाहेक, हतियार नियन्त्रण, विमान तथा डेक लिफ्टसम्बन्धी ६० वटा प्राविधिक तथा सञ्चालन म्यानुअलहरू बेचेका थिए।
सजाय सुनाउनुअघि न्यायाधीशलाई लेखेको पत्रमा वेईले माफी माग्दै भनेका छन्, ‘मैले साथी ठानेको व्यक्तिसँग केही पनि साझा गर्नु हुँदैनथ्यो भन्ने महसुस गरेको छु। मेरो अन्तर्मुखीपन र एक्लोपनले गलत निर्णय लिन बाध्य बनायो।’ एजेन्सी

Advertisement Banner
Previous Post

Nepal Bankers’ Association partners with VISA on cybersecurity

Next Post

Nepal–India startup conclave promotes cross-border innovation

Editorial Team

Editorial Team

Next Post
Chinese tourist arrivals fall short despite ‘Visit Nepal Year in China’ push

Nepal–India startup conclave promotes cross-border innovation

Recommended

प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू भारतको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता हुँदा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग संवादका लागि तयार गरिएको प्रेस नोट

प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू भारतको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता हुँदा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग संवादका लागि तयार गरिएको प्रेस नोट

4 years ago
Nepal: Ruling Maoist party forms 156-member politburo

Nepal: Ruling Maoist party forms 156-member politburo

4 years ago

Don't Miss

Nepal: HPV vaccination campaign for girls begins nationwide

Nepal: HPV vaccination campaign for girls begins nationwide

February 8, 2026
Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

Air pollution in Kathmandu Valley has surged to unhealthy levels today

February 8, 2026
Nepal Police arrested three individualsfor burglary at Balen Shah’s residence

Nepal Police arrested three individualsfor burglary at Balen Shah’s residence

February 8, 2026
President Paudel presses for political stability for prosperity and social justice

President Paudel presses for political stability for prosperity and social justice

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.