काठमाडौं — रुस–युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी मारिएका छन् ।
रुसी सेनामा कार्यरत ४४ वर्षीय बुढाथोकीको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको हो । फागुन २४ गते उनको मृत्युको खबर आएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार बनेका उनी पराजित बनेपछि रसिया गएका थिए ।सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले बुढाथोकीको मृतयु भएको खबर आएको बताए । बुढाथोकीको परिवारमा बुबा–आमा, पत्नी, एक छोरा र एक छोरी छन् ।
Trending Now
- काठमाडौंमा शंखपार्क सर्वाधिक प्रदूषित, इलाम पनि अस्वस्थकर
- Chinese EV maker BYD overtakes US Tesla
- The journalist who leaked the group chat of the plan to attack the Houthis was declared as “Anti-Trump”
- द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट छ : सभापति देउवा
- बबिनाको ‘मदहोस’ सार्वजनिक
- हेलो सरकारलाई साइबर हमला: वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो
- नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड
- South Korea’s deadliest wildfire: Death toll rises to 26
- शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक
- पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाहीमा गर्ने
Comments are closed.