मृत अवस्थामा फेला

काठमाडौं, ३० साउन

मोरङ, बुढिगंगा गाउँपालिका-३ पोठियामा डेरा गरी बस्ने भारत देवरीया उत्तर प्रदेश घर भएका मथुरा प्रसाद रामको छोरा ६ वर्षीय अंकित राम कोठाबाट करिब १ सय मिटर टाढा रहेको पानीको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । उनी आइतबार दिउँसोदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खाल्डोको पानीमा उनको शव फेला पारेको हो ।

रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका-४ खालाचौरस्थित सानीभेरी नदीको बिचमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको शव सडिगलेको अवस्थामा आइतबार फेला परेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.