काठमाडौं । विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा परेका छन् ।सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ४ निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा ती व्यवसायी/आपूर्तिकर्ताले भाग लिन पाउने छैनन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुनेगरी ती व्यवसायीरआपूर्तिकर्तालाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।बि.एस कन्स्ट्रक्सन, दीपायल र त्यसका मुख्य व्यक्ति असोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिव बहादुर खड्कालाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ।त्यस्तै भारतको भटिन्डा सेरामिक्स प्रालि र त्यसका सञ्चालक भूषण अग्रवाललाई डेढ वर्ष सम्मका लागि कोलोसूचीमा राखिएको छ।
काठमाडौंको मस्टा जे.बि.डि कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका सञ्चालक पदम बहादुर तामाङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.