काठमाडौं । वाइडबडी विमान खरिदमा भ्रष्टाचार प्रकरणमा नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित चारजना दोषी ठहर भएका छन् ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरुलाई दोषी ठहर गरेको हो ।दोषी ठहर हुनेमा शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछाने पनि रहेका छन् । अदालतको फैसला अनुसार सुगतरत्नमाथि दुई वर्ष नौ महिना कैद सजाय भएको छ ।
यसैगरी अधिकारी, ढुङ्गाना र लामिछानेमाथि एक वर्ष छ महिना कैद सजाय भएको छ । अदालतले कुल बिगो १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँको दामासाहीका हिसाबले १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना कायम गर्नुका साथै बिगो असुल उपर हुने फैसला समेत गरेको छ ।विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विमान खरिद प्रक्रियामा संलग्न एस्क्रो कम्पनी र तिनका प्रतिनिधि बाहेक विदेशी आरोपितहरू भने दोषी ठहर भएका छन् ।
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.