मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। चार दलले नयाँ सरकार बनाउने सहमति गरेका हुन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज मात्रै सरकारबाट समर्थन फिर्ता लिएका छन्। समर्थन फिर्ता लिएलगत्तै दुबै दलले जनमत पार्टी र लोसपासँग छलफल गरेका थिए।
छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने बताइएको छ। तर माओवादीले पनि दाबी गरिरहेको छ।
मधेश प्रदेशमा १०७ साँसद छन् । सरकार बनाउन मात्र ५४ साँसद आवश्यक पर्छ । चार दलसँग ५५ साँसद छन्।
अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । सत्ता गठबन्धनका एमाले र माओवादी सरकार छाडेपनि नेकपा एसले समर्थन कायमै राखेको छ। यद्दपी मुख्यमन्त्री अल्पमतमा परिसकेका छन्।
Comments are closed.