Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

नगरकोटमा डेढ अर्ब लगानीमा चारतारे होटल निगालो बन्दै

Editorial Team by Editorial Team
February 12, 2026
in Business, Nepal, News
0
नगरकोटमा डेढ अर्ब लगानीमा चारतारे होटल निगालो बन्दै
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ–पछिल्ला वर्षहरूमा राजधानी काठमाडौँलगायत प्रमुख शहर र पर्यटकीय गन्तव्यहरुमा ठूलो लगानीमा पाँचतारे स्तरका होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ। होटल तथा रिसोर्टमा बैंक तथा वित्तीय संस्थाका साथै उद्योगी व्यवसायीले लगानी बढाउँदै गएका छन्।यसैबीच भक्तपुरको पर्यटीय क्षेत्र नगरकोटमा चारतारे नयाँ होटल थपिने भएको छ। निजी लगानीमा निगालो होटल्स लिमिटेडको निर्माण भइरहेको छ। होटल पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ। हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको निगालो होटल्सले जनाएको छ। अब पाँच प्रतिशत मात्र काम बाँकी छ।
आउँदो मार्चसम्म होटलको १५ कोठा सञ्चालनमा ल्याउने योजना निगालोको छ। होटल बनाउन भने केही फिनिसिङ काम मात्र बाँकी छ। आउँदो मार्च सम्ममा १५ कोठासहितको निर्माण गरेर ‘सफ्ट लन्च’ पूरा गर्ने र जुलाईबाट पूर्ण व्यावसायिक सञ्चालन हुने अपेक्षा गरिएको छ। होटलमा विभिन्न सुविधासहितका ६८ कोठा हुनेछन्।
होटल बनाउन एक अर्ब ३६ करोड ८० लाख रुर्पैयाँ लाग्ने अनुमान गरिएको छ। होटलमा ९० करोड रुपैयाँ बैंकको ऋण लगानी छ। ६५ प्रतिशत बैंकको ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। होटलले पुँजी जुटाउन प्राथमिक सेयर (आईपीओ) जारी गर्ने योजना बनाएको छ।
नेपालको धेरै होटलहरु सञ्चालन भइरहेकाले प्रतिस्पर्धात्मक दबाबको सामना गरिरहेको छ। निजी लगानीकर्ता र सरकार दुवैले नेपालको पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिइरहेकाले समयसँगै प्रतिस्पर्धा पनि तीव्र हुने अपेक्षा गरिएको छ। आपूर्तिको तुलनामा मागमा अपेक्षाकृत ढिलो वृद्धि भएको कारणले गर्दा यस क्षेत्रमा प्रतिस्पर्धा पनि तीव्र भएको छ।
निगालो होटल सन् २०१८ मा स्थापना भएको हो। आईपीओमा जान पब्लिक लिमिटेडमा परिणत भएको छ। होटल संरचना ८० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। त्रिभुवन विमानस्थलबाट २७ किलोमिटरको दूरीमा होटल रहेको छ। नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रमा न्यूनतम १० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्थाले गर्दा पनि होटलमा लगानी बढेको हो। राष्ट्र बैंकका अनुसार होटल तथा रिसोर्टलगायत अन्य पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन्।
जसमध्ये होटलमा मात्रै दुई खर्ब १९ अर्ब, ट्रेकिङ, ट्राभल, रिसोर्ट, माउन्टेनियरिङ र र्याफ्टिङमा कूल २९ अर्ब ७० करोड रुपैयाँ लगानी भएको छ। पछिल्लो समयमा मात्रै सात अर्ब ७६ करोड रुपैयाँ लगानी होटलमा थपिएको छ। होटल, रिसोर्ट, रेस्टुराँमा वा पार्टी प्यालेसमा एकै पटकमा २२ लाख मानिसहरूलाई खाना खुवाउन सक्ने क्षमता छ।
होटल एसोसियसन नेपाल (हान) का अनुसार वार्षिक ३५ लाख पर्यटकहरूलाई सेवा दिनसक्ने गरी होटलहरू बिस्तार भइसकेका छन्। तर, ११ लाख पर्यटक मात्रै आउँदा औसतमा ४० प्रतिशत कोठाहरू मात्रै प्रयोगमा आएको हानको तथ्यांकले देखाएको छ।

Advertisement Banner
Previous Post

अख्तियारमा उत्कृष्ट कार्यसम्पादन गर्ने ३५ प्रहरी कर्मचारी सम्मानित

Next Post

“देश एक्लैले बनाउने होइन, सामूहिक प्रयास र सङ्कल्पबाट मात्रै सम्भव हुन्छ: गगन थापा

Editorial Team

Editorial Team

Next Post
“देश एक्लैले बनाउने होइन, सामूहिक प्रयास र सङ्कल्पबाट मात्रै सम्भव हुन्छ: गगन थापा

“देश एक्लैले बनाउने होइन, सामूहिक प्रयास र सङ्कल्पबाट मात्रै सम्भव हुन्छ: गगन थापा

Recommended

Private investment in Nepal’s floriculture industry nears Rs 9 billion

Private investment in Nepal’s floriculture industry nears Rs 9 billion

1 week ago
जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

3 months ago

Don't Miss

Patan High Court annuls membership of 18 FNCCI commodity associations

FNCCI welcomes government’s decision to implement PSPP

March 29, 2026
Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

March 29, 2026
The Center for Diagnostics and Telemedicine  Unveils Innovative Scientific Mentoring System at “Mentoring Formula” Forum

The Center for Diagnostics and Telemedicine  Unveils Innovative Scientific Mentoring System at “Mentoring Formula” Forum

March 29, 2026
Rastriya Swatantra Party Chair Rabi Lamichhane to be released only on Friday 

Rabi Lamichhane’s next court hearing scheduled for April 27

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.