काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्न विदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
आइतबार राति सामाजिक सञ्जालमार्फत प्रहरीले झुट्ठा पोष्टहरुबाट सावधान रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेको हो । प्रहरीले यस किसिमका झुट्ठा पोस्टहरूमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ ।नेपाल प्रहरीले जनाए अनुसार, ठगहरुले सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगोको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा आकर्षक रोजगारीका विज्ञापनहरू पोस्ट गर्ने गरेका छन् ।यी विज्ञापनहरूमा रोजगारीको आशामा धेरै व्यक्तिहरू ठगीको शिकार भएका छन् ।
Trending Now
- सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
- पत्रकारलाई प्रधानन्यायाधीशको आग्रह- समाचार सनसनीपूर्ण नबनाइदिनू
- अमेरिकामा क्यान्सरसँग संघर्षरत नेपाली युवा विवेक पंगेनीको उपचारका क्रममा हिजो दु:खद निधन
- Israel Expands Military Operations with Airstrikes in Yemen
- Knighthood awarded to director Christopher Nolan, becoming ‘Sir’ Christopher Nolan
- Russian oil spill pollutes 50 km of Krishna Sea coast
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain
Comments are closed.