काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि प्रतिलिटर १०/१० रुपैयाँ घटाइएको छ भने एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखिएको छ । घटेको मूल्यअनुसार अब पेट्रोलको खुद्रा मूल्य १७५ र डिजेलको १६५ तथा पनि १६५ नै रुपैयाँ पर्नेछ ।
Comments are closed.