काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म मनाइँने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम गरी देशभर आरम्भ गरिँदैछ ।एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । सोहि अनुरुप आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन रहेकाे छ । साथै परिक्रमामा सहभागि श्रद्धालुद्वारा गाईलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन रहेको छ ।
प्रताप मल्लको पालादेखि सुरुभएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि सांस्कृतिक पर्वको रुपमा कायमै रहेको छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने गरिन्छ । काठमाडौं उपत्यकामा भने गाईजात्रालाई विशेष रौनकको रुपमा मनाइँने गरिएको छ । यस अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा समेत दिइएको छ ।
पछिल्लो समय गाईजात्रा पर्वको ८ दिनको अवधीमा हस्यकलाकारहरुले सामाजिक विकृतिका विरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन समेत गर्दै आएका छन् ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.