काठमाडौं -प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादवलाई नियुक्त गरिएको हो।
दुवै मन्त्रीले आजै राष्ट्रपति भवनमा आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। यसअघि प्रधानमन्त्री शाहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह लाई पदमुक्त गरेका थिए।
सरकार गठन भएयता उद्योग मन्त्रालय प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए। त्यसैगरी, उनले रक्षा मन्त्रालयको जिम्मेवारी पनि हालसम्म आफैंसँग राख्दै आएका छन्।
नवनियुक्त मन्त्री गौरी कुमारी यादव महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् भने रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका हुन् । उनले सीके राउत लाई पराजित गर्दै संसद् प्रवेश गरेका थिए।






Discussion about this post