जर्मनीले फेरि शुरु गर्‍यो साउदी अरबमा हतियार निर्यात

जर्मनीले सन् २०१८ देखि लगाएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबमा सिधै हतियार निर्यात पुनः शुरु गरेको छ।

सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनमा यसको पुष्टि गरेका हुन्। प्रतिवेदनमा बर्लिनले साउदी अरबलाई १५० आइरिस–टी एयर–टु एयर मिसाइल निर्यातका लागि हरियो संकेत दिएको उल्लेख छ।

‘यो प्रतिवेदनको विवरण सही छन्’, नियमित सरकारी समाचार सम्मेलनमा हेबेस्ट्रेइटले भने, ‘नयाँ स्वीकृत आइरिस–टी मिसाइल हवाई लक्ष्य अर्थात् मिसाइल, ड्रोन आदिमाथि विमानबाट हान्न सकिन्छ।’

स्पिगलका अनुसार जर्मन समूह डाइहल डिफेन्सले निर्माण गरेको मिसाइलको निर्यातको मञ्जुरी गत वर्षको अन्त्यमा दिइएको थियो।

Comments are closed.