नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा गोलकिपर नायक

काठमाडौं । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने ।नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।

Comments are closed.