काठमाडौँ- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानको आयोजना र गोकर्णेश्वर नगरपालिकाको सौजन्यमा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न गरिएको छ। कोशी फुडल्यान्ड आरूवारी काठमाडौमा आयोजित उक्त कार्यक्रममा नववर्ष २०८२ को शुभकामना आदानप्रदान एवम् वसन्त काव्य गोष्ठी र प्रतियोगितात्मक कवि गोष्ठी सम्पन्न गरिएको छ।
कवि सिमरन कोइराला प्रथम ,योगेश उपाध्याय द्वितीय र स्वस्तिका ढकाल तृतीय भएका थिए ।सबै कविता छ्न्दका थिए ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष कवि शान्ति न्यौपाने रिसालले गरेकी थिइन्। प्रमुख अतिथि माननीय सांसद सन्तोष चालिसेको हातबाट विजयी कविहरूले प्रमाणपत्र सहित नगद १० हजार , ७ हजार र ५ हजार नगद राशि १५% कर कटाएर प्राप्त गरेका थिए ।
मन्चमा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, प्राडा गोविन्दराज भट्टराई , गोविन्द घिमिरे वेदमणि, बाजुराम पौडेल , अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी , गार्गी शर्मा , गंगा पौडेल कर्माचार्य रहेका थिए ।
आमन्त्रित विशेष कविहरू राजेन्द्र शलभ, मुरारि सिग्देल , रन्जना निरौला , रामकुमार पण्डित , दिवाकर न्यौपाने , मेनुका पोखरेल , उषा केसी , लव खड्का , भवानी खतिवडा , अनिता कोइराला , अनिता पन्थी , ऋचा , घनश्याम प्रसाईं , सीता भट्टराई , रन्जु खनाल , द्वारिका कुइकेल, मधुसूदन पराजुली ,भेषराज सापकोटा ,सान्भी चालिसे, स्वर्णिमा चालिसे , किष्टोफर कार्की , आरोही रिसाल, पारश ढोली, अनिषा नेपाली , नारायण शर्मा फुयाल , मन्दिप रिसाल, शर्मिला तिमल्सिना लगायतले रचना वाचन गरेका थिए ।
३ घन्टा लामो कार्यक्रमको समापनमा अन्य आमन्त्रित कविहरूलाई प्रशंसा पत्र र बाटो खर्च पत्रम पुष्पम प्रदान गरिएको थियो ।
कार्यक्रम सञ्चालन कवि भवानी सापकोटा अर्यालले गरेकी थिइन् ।
Comments are closed.