काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयास नगरेकाे बताउनुभएकाे छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयाेजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अस्वभाविक रुपमा मूल्यवृद्धि हुँदा पनि नियन्त्रणका लागि सरकारको ध्यान नदिएकाे बताउनुभयाे । दैनिक उपभोग्य वस्तुहरूको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि हुँदा सरकारकाे ध्यान नजानु गलत रहेकाे उहाँले बताउनुभयाे ।
मूल्यवृद्धि नियन्त्रणका लागि आफ्नाे पार्टीले बारम्बार आवाज उठाइरहेकाे दाबी पनि अध्यक्ष नेपालले गर्नुभयाे .
Comments are closed.