अस्पतालहरूलाई सरकारको निर्देशन : तिहारमा डाक्टर र एम्बुलेन्स तयारी राख्नू

काठमाडौं : सरकारले तिहारका बेला अस्पतालहरुमा चिकित्सक र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चतता गर्न भनेको हो।

‘सार्वजनिक बिदाका दिनहरुमा पनि अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकिस्म्क चिकित्सकीय समूह (इएमटी), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बिइएमटी), एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नुहुन तथा राख्न लगाउनुहुन सम्बन्धित सरोकारवाला निकायहरूमा अनुरोध गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न पनि आग्रह गरेको छ।

‘चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिरहनु भएकाहरूले उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्नुहुन पनि अनुरोध गर्दछौं।’ मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Comments are closed.