काठमाडौं। सरकारले थाइल्याण्डसहितका चार देशमा जान चाहने नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । ठगी बढेपछि परराष्ट्र मन्त्रालयले थाइल्याण्डसहित, म्यानमार, कम्बोडिया, लाओस लगायत देशमा जानका लागि ट्राभल एडभाइजरी जारी गरेको हो।परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एडभाइजरी जारी गर्दै ती मुलुकहरुमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरुलाई सावधानी अपनाउन अपिल गरेको छ ।
मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरूलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२/१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरू रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बढोत्तरी भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ।
आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो ।समस्यामा परेकाहरुले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन दिने क्रम उल्लेखनीय रुपमा बढोत्तरी भैरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रायः सामाजिक सन्जालमा देखिने रोजगारीका नक्कली विज्ञापनको भ्रममा नपर्न, वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न, रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि कम्पनी र रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन पनि सबैलाई अनुरोध गरेको छ ।
Trending Now
- नेपाली सेना व्यापार व्यवसायमा : घरजग्गादेखि जुत्तासम्म आठ अर्ब लगानी
- Trump unveils gold card visa, says it’s the Trump card
- एपेक नेपालद्वारा उषा शेरचन र हेमन्त शिशिर पुरस्कृत
- South Korea announces presidential election
- US tax policy: Canada files WTO complaint against US tariffs
- Prime Minister Oli addressing the Madhes Provincial Assembly
- आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन : यी स्थानमा सडक डाइभर्सन गरिने
- वायु प्रदूषणका कारण उडानहरू प्रभावित
- Maoist team under the leadership of Dinanath Sharma is going to China
- Nepal’s Supreme Court and India’s Supreme Court sign MoU
Comments are closed.