Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

अनेसास केन्द्रद्वारा हजुरबा–हजुरआमा दिवस सम्पन्न

Editorial Team by Editorial Team
December 8, 2025
in Literary Festival & Event, Literature, Nepal, News
0
अनेसास केन्द्रद्वारा हजुरबा–हजुरआमा दिवस सम्पन्न
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- अमेरिकास्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले मंसिर २० गते (डिसेम्बर ६, २०२५) भव्यरूपमा हजुरबा–हजुरआमा दिवस मनाएको छ। अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षता र हजुरबा पुस्ताका प्रख्यात साहित्यकार तीर्थ अधिकारी तथा उहाँकी पत्नी सीता अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन अनेसास केन्द्रका महासचिव राजु सिटौलाले गर्नुभएकाे थियाे । कार्यक्रममा हजुरबा–हजुरआमाप्रति कृतज्ञता, सम्मान र प्रेम प्रकट गर्ने उद्देश्यले कविता, गीत, संस्मरण र शुभकामनाले माहोल भरिएको थियो।
अनेसास केन्द्रका पूर्व महासचिव तथा बाल समिति संयोजक सुरेन उप्रेतीले हजुरबा–हजुरआमा दिवस किन र कसरी सुरु गरियो भन्ने विषयमा विस्तृत जानकारी दिनुभएकाे थियाे । उहाँले परिवारका अन्य सदस्यलाई समर्पित पर्वहरू भए पनि हजुरबा–हजुरआमालाई समर्पित कुनै दिवस नभएको पीडा व्यक्त गर्दै “हजुरबा–हजुरआमा हाम्रो संस्कारका आधारस्तम्भ हुन्” भन्दै २०२२ को भानु जयन्तीमा मंसिरको तेस्रो शनिबार हजुरबा–हजुरआमा दिवस मनाउने निर्णय पारित गरिएको स्मरण गराउनुभयाे । उप्रेतीद्वारा रचित ‘हजुरबा–हजुरआमा’ गीत, राधेश्याम मालाकारको संगीत तथा मेलिना राई–विश्व नेपालीको स्वरमा रहेको गीत पनि कार्यक्रममा बजाइएको थियो।
कार्यक्रममा पत्रकार सिबी भुर्तेल, कवि दिव्या दहाल, दीप दाहाल, श्रीराज कार्की, उत्सव बुढाथोकी, रिसभ बुढाथोकी, गोमा रेग्मी लगायतका स्रष्टाले कविता वाचन गर्नुभएकाे थियाे । भगी फुयाल, अभिक सिटौला, बन्दना सिटौला, अग्नी पराजुली लगायतले पनि मौलिक प्रस्तुति दिनुभएकाे थियाे ।
अनेसास नर्थन क्यालिफोर्नियाकी उपाध्यक्ष रीता देवी प्रधान, अनेसास भर्जिनियाका अध्यक्ष मिरा कोइराला, अनेसास क्यानडाका अध्यक्ष ज्ञानेन्द्र पोख्रेल, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीलगायतले हजुरबा–हजुरआमाप्रति सम्मान र कृतज्ञताको भावना व्यक्त गर्नुभयाे । कार्यक्रममा साहित्यकार मोहन सिटौला, प्रकाश नेपाल, प्रभा पोख्रेल, विन्दा पराजुली लगायत धेरै स्रष्टाले कविता तथा विचार प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तीर्थ अधिकारीले आफ्ना तीन मुक्तक सुनाउँदै अनेसासले यस्तो महत्वपूर्ण दिवस मनाउन थालेकोमा धन्यवाद व्यक्त गर्नुभयाे ।
अन्त्यमा अध्यक्ष सर्वज्ञ वाग्लेले
“हजुरबा–हजुरआमा जीवित देवता हुन्।
हाम्रो संस्कार, हाम्रो पहिचान, हाम्रो धरोहर।”
भन्दै ‘हामी प्रकृति पूजक’ शीर्षकको कविता वाचन गर्दै कार्यक्रम समापन गर्नुभएकाे थियाे । सुरेन उप्रेती

Advertisement Banner
Previous Post

कुवेतको ‘तमोह–३’ रकेट प्रक्षेपणलगत्तै विष्फोट

Next Post

अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द अधिकारी चयन

Editorial Team

Editorial Team

Next Post
अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द अधिकारी चयन

अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द अधिकारी चयन

Recommended

Tribhuvan International Airport generates nearly Rs 13 billion, leads aviation revenue

Three customs officials arrested at Tribhuvan International Airport with bribe money

2 months ago
Be Wild & Free! Yas Island highlights coolest activities to enjoy during the outdoor season

Be Wild & Free! Yas Island highlights coolest activities to enjoy during the outdoor season

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.