Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

गुटेरेसले दिए वित्तीय संकटको चेतावनी: राष्ट्रसंघ टाट पल्टने खतरा

Editorial Team by Editorial Team
February 1, 2026
in News, World
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व संस्था टाट पल्टने खतरामा रहेको भन्दै सदस्य राष्ट्रलाई आफ्नो बक्यौता रकम तुरुन्त बुझाउन आग्रह गरेका छन् । शुक्रबार एक पत्र लेख्दै उनले आउँदो जुलाईसम्म संस्थासँग सञ्चालन खर्च समेत अभाव हुन सक्ने गम्भीर चेतावनी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालैका महिनामा केही राष्ट्रसंघका निकायको कोषमा कटौती गरेको छ । र, अनिवार्य योगदान दिन ढिलाइ गरिरहेको छ ।
केही सदस्य राष्ट्रले आफ्नो अनिवार्य योगदान पूर्ण रूपमा नतिर्ने र कतिपयले समयमा भुक्तानी नगर्ने प्रवृत्तिले राष्ट्रसंघ पुरानो बजेट समस्याबाट गुज्रिरहेको महासचिवको भनाइ छ । यही कारण संस्थाले नयाँ भर्ना रोक्नुका साथै खर्चमा व्यापक कटौती गर्नुपरेको जनाइएको छ ।
गुटेरेसले पत्रमा लेखेका छन्, “कि त सबै सदस्य राष्ट्रहरूले आफ्नो दायित्वअनुसार पूर्ण र समयमै भुक्तानी गर्नुपर्छ, नत्र सदस्य राष्ट्रहरूले वित्तीय पतन रोक्नका निम्ति हाम्रा आर्थिक नियमहरूमा आमूल परिवर्तन गर्नुपर्छ ।”
सुरक्षा परिषद्का स्थायी सदस्यहरू अमेरिका, रुस र चीनबीचको बढ्दो तनावले सर्वोच्च निर्णय गर्ने यो निकायलाई नै समस्यामा पारेको छ । यसै महिना ट्रम्पले आफ्नो ‘बोर्ड अफ पिस’ सुरु गरेका छन्, जसलाई आलोचकले राष्ट्रसंघको प्रतिद्वन्द्वी संस्थाका रूपमा हेरेका छन् ।

वर्तमान अवस्था धान्न नसकिने
संयुक्त राष्ट्रसंघका अनुसार, सन् २०२५ को अन्त्यसम्म १.६ बिलियन डलरबराबरको योगदान रकम संकलन हुन बाँकी छ । यो २०२४ को तुलनामा दोब्बरभन्दा बढी हो ।

“अहिलेको बाटो धान्न सकिने खालको छैन । यसले संस्थालाई संरचनात्मक वित्तीय जोखिममा पारेको छ,” गुटेरेसले उल्लेख गरेका छन् ।

राष्ट्रसंघले एउटा अनौठो समस्या पनि झेलिरहेको छ । महासचिवका प्रवक्ता फरहान हकका अनुसार, खर्च हुन नसकेको रकम सदस्य राष्ट्रलाई फिर्ता गर्नुपर्ने नियम छ । यसबारे गुटेरेसले लेखेका छन्, “हामी एउटा यस्तो चक्रमा फसेका छौँ, जहाँ हामीसँग हुँदै नभएको नगद फिर्ता गर्ने अपेक्षा गरिन्छ ।”

उनले भनेका छन्, “वास्तविकता निकै भयावह छ । यदि, संकलनमा नाटकीय सुधार आएन भने हामीले डिसेम्बरमा स्वीकृत गरेको २०२६ को कार्यक्रम बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न सक्दैनौँ । अझ खराब त ऐतिहासिक प्रवृत्तिलाई हेर्दा जुलाईसम्ममा नियमित बजेटको नगद सकिन सक्छ ।”

सन् २०२६ को अन्त्यमा पदमुक्त हुन लागेका गुटेरेसले आफ्नो अन्तिम वार्षिक मन्तव्यमा विश्व भू–राजनीतिक विभाजन र अन्तर्राष्ट्रिय कानुनको उल्लंघनमा फसेको बताए । उनले विकास र मानवीय सहायतामा भइरहेको व्यापक कटौतीको निन्दा गरे । यसलाई ट्रम्प प्रशासनको ‘अमेरिका फर्स्ट’ नीतिका कारण राष्ट्रसंघका निकायमा गरिएको बजेट कटौतीको सन्दर्भका रूपमा बुझिएको छ । एजेन्सी

Advertisement Banner
Previous Post

जेफ्री एपस्टिन दस्तावेज : ठूलो संख्यामा नयाँ दस्तावेजहरू सार्वजनिक

Next Post

वाईसीएल नेपालले ब्युँतायो अर्धसैन्य संरचना

Editorial Team

Editorial Team

Next Post
वाईसीएल नेपालले ब्युँतायो अर्धसैन्य संरचना

वाईसीएल नेपालले ब्युँतायो अर्धसैन्य संरचना

Recommended

आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

3 months ago
UNESCO announces emergency assistance package to protect cultural heritage & sustain education in Vietnam

UNESCO announces emergency assistance package to protect cultural heritage & sustain education in Vietnam

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.