मनास्लु हिमालको फेदमा हाईअल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न

मनास्लु हिमालको फेदमा हाईअल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न भएको छ। समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री २ स्यालामा सम्पन्न भएको छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि साम्दो एफसीले उचालेको हो।
आलोपालो प्रणालीअनुसार ल्हीस्यो क्लबको आयोजनामा स्यालास्थित खेलमैदानमा भएको फुटबल प्रतियोगितामा सामा एफसीलाई हराउँदै साम्दो एफसी बिजेता बनेको हो। उपाधिको लागि बुधबार भएको फाइनल खेलमा १–० गोल अन्तरले सामा एफसी पराजित हुँदै उपबिजेतामा सिमित रह्यो। बिजेता बनेसँगै साम्दो फुटबल क्लबले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेको ल्हो माविका म्यानेजर उर्गेन लामाले बताउनुभयाे। उपबिजेता बनेको सामा एफसीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

Comments are closed.