Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रवि र बालेनबीचको ऐतिहासिक सहमति

Editorial Team by Editorial Team
December 28, 2025
in Nepal, News, Politics
0
रवि र बालेनबीचको ऐतिहासिक सहमति
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आइतबार बिहान सात बुँदे ऐतिहासिक सहमति भएको छ ।तर उक्त सहमतिमा केही दिनअघि वार्तास्थलको गेटमा चुकुल लगाएर दबाब दिने ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ भने बाइपास भएका छन् ।
केही दिनअघि कुपण्डोलस्थित कुमार बेनको घरमा रवि र बालेनबीच वार्ता चलिरहेका बेला सुदन गुरुङले सहमति नजुट्दासम्म गेट नखोल्ने भन्दै ताला लगाएका थिए ।तर आइतबार बिहान करिब ४ बजे सहमति हुँदा उनी वार्तास्थलमै उपस्थित थिएनन् । ऐतिहासिक सहमतिमा जेनजी आन्दोलनका अगुवा मानिने गुरुङलाई बाइपास गरिएको छ।
सहमतिमा गुरुङको नाम, भूमिकाबारे केहि पनि उल्लेख गरिएको छैन भने बन्द कोठाको तस्बिरमा रहेका १३ जनाभित्र पनि उनी देखिएका छैनन् । जेनजीको तर्फबाट केपी खनाल उपस्थित थिए भने कलाकार निश्चल बस्नेतसमेत सहभागी भएको बताइएको छ ।
रवि–बालेन सम्झौताका यी हुन् साक्षी
तर वार्ताका बेला बाहिर ताला लगाएर दबाब दिने सुदन गुरुङ भने सो अवसरमा देखिएनन् । सहमतिअनुसार दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ र पार्टी सभापतिमा रवि लामिछाने नै रहनेछन्।साथै आगामी प्रतिनिधिसभा निर्वाचनपछि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सार्ने समझदारी भएको छ ।रवि–बालेन सहमतिमा सुदन गुरुङ किन अनुपस्थिति रहे त्यो विषयमा कसैको प्रतिक्रिया आएको छैन । सुदनले पनि अहिलेसम्म रवि–बालेनको सहमतिमा केही बोलेका छैनन् ।

Advertisement Banner
Previous Post

समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि

Next Post

देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण

Editorial Team

Editorial Team

Next Post
देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण

देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण

Recommended

सत्ताको प्रधानताका लागि फागुन २१ को महासंग्राम

Nepal Govt approved funding of Rs 19.15 billion for the parliamentary elections, Rs 6.36 billion disbursed

2 months ago
AUW Offers Hundreds of Scholarships for Afghan Women; Donates Essential Medicines for Kabul Hospitals

AUW Offers Hundreds of Scholarships for Afghan Women; Donates Essential Medicines for Kabul Hospitals

4 years ago

Don't Miss

Three New Poems by Dr. Alok Kumar Ray

March 30, 2026
अमेरिकामा ‘नो किंग्स प्रोटेस्ट’ : ८० लाख सहभागी, शान्तिपूर्ण प्रदर्शन

अमेरिकामा ‘नो किंग्स प्रोटेस्ट’ : ८० लाख सहभागी, शान्तिपूर्ण प्रदर्शन

March 30, 2026
नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

March 30, 2026
पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.