आज तराईमा हाेली पर्व मनाइँदै

काठमाडौं । तराई-मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ ।

तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाउने गरिन्छ । होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ ।

काठमाडाैं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई-मधेशमा होली मनाउने प्रचलन छ । काठमाडौं उपत्यका लगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ ।

तराई-मधेशमा भने पूर्णिमाको राति होलिका दहन गरेपछि भोलिपल्ट होली मनाइन्छ ।

Comments are closed.