जनकपुरमा ९ हजार बिघा जग्गा अतिक्रमण भएको खुलासा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार जमिन अतिक्रमणको विग अप्रेसन सुरु गर्ने बताएका छन् ।गृह मन्त्रालयका १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्। गृहमन्त्री लामिछानेले लगभग नौ हजार बिगाहा जमिन हिनामिना भएको रिपोर्ट आएको भन्दै बिग अप्रेसन सुरु गर्न लागेको बताए ।
गृहमन्त्री लामिछानेले भने,‘बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार अतिक्रमित जमिनको गृह मन्त्रालयले विग अप्रेसन सुरु गर्दैछ । हुँदैछ गर्दैछौ, कुनै त्यस्तो नेता वा व्यक्तिलाई हामी बचाउँदैनौ ।’उनले नेपाली जनताको भारी बोक्ने भन्दै अरू कसैको नबोक्ने पनि बताए । गृहमन्त्री लामिछानेले सय दिनमा भएका कामको लिस्ट दिएर जुँगा नमुठार्ने भन्दै अब ऐतिहासिक काम गर्ने भन्दै सय दिनमा बेस निर्माण गर्ने काम गरेको दाबी समेत गरे ।

Comments are closed.