साताको राशिफल: जेठ २० गतेदेखि २६ गतेसम्म

साताका केही पर्व एवं दिवसहरु= जेठ २० गते पुर्णिमाव्रतम/जेठ २१ गते मष्टोपुर्णिमा,गैडुपुजा,पनौतीस्नान/जेठ २२ गते वातावरण दिवस/जेठ २४ गते विश्वखाध्य सुरक्षादिवस

मेष * (चु चे चो ला लि लु ले लो अ)–यो साता केही नया काममा व्यस्त हुनुपर्ने छ।कार्यबाट मन प्रसन्न भएपनी लाभ भने सोचेजस्तो मिल्ने देखिदैन।सम्पति लाभ हुने देखिन्छ।मनमा केही भय होला।मित्र र आफन्तबाट साबधान रहनु पर्छ। परिवारिक स्वास्थ्यमा कठिनाइ पर्ला।छोराछोरिबाट सन्तोष मिल्नेछ।माताको स्वास्थ्यमा गडबडी हुने योग छ।मनमा धैर्य राखेर काम गर्नु होला।माता वगलामुखीको ध्यान आराधना गर्नु शुभ छ।  ( राशिस्वामी-मंगल /शुभ रंग-रातो)

बृष* (इ उ ए ओ वा वि वु वे वो )– यो साता नया कार्यको थालनी हुनेछ।व्यबसायमा फाइदा नै छ।।कारोबारमा अलिक सुधार हुदैजाने छ।पति/पत्निमा सामान्य सम्बन्ध रहनेछ।धर्मकर्ममा मन जाला।पुरानो लगानी उठ्ने योग छ।बादविवादमा विजय हुनेछ।स्वास्थ्यमा अलिक सुधारआउला।जागिरमा मध्यम समय छ। (राशी स्वामी-शुक्र /शुभ रंग -सेतो )

मिथुन* (क कि कु घ ङ छ के को ह)–यो साता यात्राको योग बनेको छ।यात्राबाट लाभ भने हुने देखिदैन।मनमा अशान्ति हुनाले काममा मन लाग्ने देखिदैन।पति/पत्निमा सम्बन्ध सुधार हुनेछ।शत्रु झन शक्तिशाली हुनेछन्।स्वास्थ्यमा बाधा छ।साताको अन्त्यमा शेयरमूल्यमा बढोतरी हुनाले केही प्रसन्नता मिल्ला।भगवान लक्ष्मीनारायणको ध्यान जप गर्नु शुभ हुनेछ। (राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेलो)

कर्कट* (हि हु हे हो डा डि डु डे डो)–यो साता तिर्थ यात्राको योग बनेको छ।आफन्त सङ्ग बादविबाद हुनाले केही तनाब हुनेछ।पैसा खर्च केही बढि हुनेछ।शेयर कारोबारमा केही फाईदा हुनेछ।शत्रुहरु बलियो छ्न साबधान रहनु पर्छ।।मानसिक स्वास्थ्यमा केही सुधार आउनेछ।दाम्पत्य र पारिवारिक शुख मिलेपनि सन्तोष हुनेछैन। माता भैरबीको र भैरबको आराधना गर्दा शुभ हुनेछ।  (राशी स्वामी-चन्द्रमा/शुभ रंग-सेतो)

सिह* (मा मि मु मे मो टा टि टु टे)–यो साता स्वास्थ्यमा राम्रो सुधार रहन्छ।आटेका ताकेका काम पूरा हुनाले प्रसन्नता मिल्नेछ।अध्यात्मिक सिद्धता मिल्नेछ ।धैर्य र साहसमा अरु वृद्धि हुनेछ।आर्थिक आम्दानी हुदैजानेछ।शेयर कारोबारमा अझै फाईदा मिल्ने देखिदैन।पति/पत्निमा मनमुटाव रहनेछ। (राशी स्वामी-सुर्य/शुभ रंग-रातो र सिंदुरे )

कन्या* (टो प पि पु ष ण ठ पे पो)–यो साता आटेका कार्यमा केही प्रगति हुनेछ।व्यवसायमा त्यति सन्तोष मिल्ने देखिदैन।मित्रको सहयोगमा कार्य केही बनेपनी पूरा हुन गारो छ।पढाईलेखाईमा कठिन समय छ।पति/पत्निमा मतभेद देखिन्छ।पुर्खोली सम्पती बिक्री हुने देखिन्छ।स्वास्थ्यमा राम्रो हुँदै जाला। माता बागिश्वरि सरस्वतीको ध्यान आराधना गर्नु शुभ हुनेछ। (राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेंलो)

तुला* (रा री रु रे रो ता ती तु ते)– यो साता केही तनाबमा नै व्यतीत हुनेछ।केही यात्रा हुनेछ।रोकिएको लगानी प्राप्ति हुनेछ।मनमा छट्पटी बढेर जानेछ।आमाको स्वास्थ्यमा सुधार हुने योग छ।विद्यार्थीहरुको लागि राम्रो समय छ।दाम्पत्यमा अविश्वासले तनाव नै यथावत रहन्छ।।स्वास्थ्यमा भने सचेत रहनु होला।भगवान भोलेनाथ शिवको आराधना गर्दा लाभ हुनेछ। (राशी स्वामी-तुला/शुभ रंग-सेतो)

बृश्चिक* (तो ना नि नु ने नो या यी यु)–यो साता यात्राको योग छ।तिर्थ यात्रा होला। आम्दानीका कामहरु छुट्नेछ्न।खानपिनमा सतर्क रहनु होला।व्यवसायमा खास सुधार नहोला।राजनीतिमा भने ठिकै समय छ तर फाईदा त्यति छैन।स्वास्थ्य मजबुत हुनेछ।दाम्पत्य जीवन सुधार हुनेछ।घर आवास निर्माणमा रकम खर्च हुनेछ।शेयर कारोबारमा फाईदा हुने योग छ। (राशी स्वामी-मंगल/शुभ रंग-रातो)

धनु* (या यो भा भी भु ध फा ढा भे)– यो साता शान्तिपुर्ण तरिकाले व्यतीत हुनेछ।आटेका कामको चिन्ता भने मनमा रहिरहन्छ।जागिरमा पदोन्नति हुने योग छ।परिक्षामा सफलता छ।वैदेशिक यात्राको काम सफल हुनेछ।स्वास्थ्यमा बाधा हुनेछ।रुघाखोकीको प्रकोपले सताउला।आमाबुबा सङ्ग प्रेम बढ्नेछ।लेनदेनमा सतर्क हुनुपर्ने समय छ।माता सरस्वतीको ध्यान आराधना गर्दा शुभ हुन्छ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेलो)

मकर* (भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–यो साता अलिक सावधान हुनुपर्ने समय छ।शनिको प्रभाव कडा हुनाले मनमा चिन्ता उत्पन्न हुनेछ।सोचेको जस्तो फल मिल्न गारो छ।जागीरमा ठिकै समय छ।पति/पत्निबिच मनमुटाव कायमै रहने योग छ।व्यर्थ भ्रमण हुनेछ।मनमा चिन्ता रहनेछ। शिक्षामा रुचि जाग्नेछ।आर्थिक सुधार भने केही हुनेछ। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

कुम्भ* (गु गे गो सा सी सु से सो द)– यो साता स्वास्थ्यमा केही सुधार आउला।रगतको कमी हुनसक्छ।चोटपटक लाग्ने सम्भावना भएकोले यातायातमा सावधानी अपनाउनु होला।आर्थिक क्षेत्रमा भने सुधार हुनेछ।डुबेको पैसा केही प्राप्ति होला।व्यापारमा ठिकै छ तर सोचेजस्तो फाईदा हुने देखिदैन।सन्तानबाट खुशी नै मिल्नेछ।पति/पत्निमा राम्रो छ।शेयरमा स्थिरता हुनाले सन्तोषजनक फाईदा मिल्ने देखिदैन।गौरीशंकर भगवानको आराधना गर्नु उत्तम छ। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

मीन* (दि दु थ झ ञ दे दो चा ची)–यो साता मनमा चिन्ता र तनावले सताउला।मानसिक कमजोरी हुने योग छ।व्यर्थको यात्राले आर्थिक नोक्सानी गराउला।जागीरबाट अझै सन्तोष मिल्ने देखिदैन।मानसिक स्वास्थ्यमा गडबडी हुने योग छ।पारिवारिक किचलोमा परिन सक्छ।कुटुम्बसङ्ग कलह हुने योग छ।सन्तानको पिर रहन्छ।शत्रु जागेको छ्न सतर्क रहनु उत्तम छ।विद्यार्थीहरुलाई कठिन समय छ। भगवान शिव एवं माता अम्बा भवानीको आराधना गर्नु शुभ हुनेछ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेंलो )

ज्यो.मिलन कृष्ण पोखरेल

भरतपुर महानगरपालिका १०,चितवन

९८४५८८८१६५

Comments are closed.