साताको राशिफल:-आषाढ ३० गतेदेखि श्रावण ५ गतेसम्म

 साताका केही पर्व एवं दिवश:-शनिप्रदोषव्रत, घण्टकर्ण/श्रावण १ गते सोमवती अमावश्या,श्रावण सक्रान्ती दक्षिणा अयन आरम्भ श्रावण २ गतेअधिकमास शुरु
मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नु पर्नेछ,सामाजिक कार्यमा जुट्ने समय रहेकोछ,बिश्वासिला साथीहरू र आफन्तबाट धोका हुन सक्नेछ, अध्ययन अध्यापनमा समय मध्यम रहनेछ,परीवारका सदस्यहरुबाट सहयोग कम हुदा टाढा भएको महसुस हुनेछ,प्रतिस्पर्धामा भने तपाईको अब्बल स्थान प्राप्त रहनेछ।सन्तानको भविस्यको बारेमा चिन्ता बढ्नेछ।
वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता अध्ययन अध्यापनका निम्ती समय उत्तम एवं सफलताजनक रहन्छ,पुराना मित्रजनहरु सङ्गको भेटघाटमा समय ब्यतित रहनेछ,आर्थिक क्षेत्र सवल रहनेछ,कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ,पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ,आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ।
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ,नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ,मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ,सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ,मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ।पति/पत्नि बिच भने बिबाद हुनेछ।
कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला,धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ,सामान्य खर्च भएता पनि मनमा तनाब भने रहने छैन, साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस नै आई पर्नेछ,यात्रामा क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला,अर्काको खुशीको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ।
सिंह 🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ, सञ्चित रकम खर्च हुने योग रहेको भएपनी आम्दानीको नया बाटो मिल्नाले सहज हुनेछ ,बाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ, मित्र सङ्गको गलत शंका हटेर मायाप्रेम बढ्नेछ ।सामान्य चोट पटकको सम्भाबना रहेको छ,ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ।
कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता भोग बिलासमा समय ब्यतित हुन सक्छ,परोपकार एवं ब्यापार ब्यबसायको क्षेत्रमा उत्तम समय रहेको छ,कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला,प्रेम सम्बन्धमा सुधार आउनेछ,जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन पनि मिल्नेछ, कार्यको बेवास्ताले भने मान्यजनलाई ठेष पुग्नेछ।
तुला ⚖(रा,री,रु,रे,रो,त,ति,तु,ते) यो साता प्रतिपक्षीहरु मजबुत रहनाले कार्यक्षेत्रमा साबधानि राख्नु होला,परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ,कुरा काट्ने ब्यक्तिको कमि नरहला,बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट हुन सक्छन, पेट र छालाको स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ,तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला।
वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पर्न सक्ला,सामान्य चुनौति पश्चात आम्दानि राम्रो रहनेछ,बौद्धिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ,बिद्या प्राप्ति योग रहेको छ,सन्तान सम्बन्धि समस्याले सताउने छ,सामान्य यात्रा हुन सक्छ,चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला,पारीवारिक समस्याले सताउन सक्छ।
धनु 🏹(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता परीस्थीति संग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ, सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको पनि छ,पारीवारिक मेल मीलाप बढेता पनि पति/पत्नि बिच सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ,धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ,आय मुलक कार्यको थालनि हुनेछ,निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ।
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ,मनमा सामान्य अज्ञात चिन्ताले सताउन सक्छ,नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला,भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ,परीवारमा बिताएको समय आनन्ददायक रहला,अध्ययन अध्यापनमा समय मध्यम रहनेछ।
कुम्भ ⚱(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला,बाणीको चलाखीले नयाँ मित्र प्राप्त हुन सक्छन तर दीर्घकालीन मित्रता रहन कठिन हुनेछ ,सामान्य चोटपटकको सिकार भईन सक्छ सतर्क रहनु होला,मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ।नातेदार एवं शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज र सफल बन्नेछ,लापरबाहिले संचित धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ।
मीन🧜‍♀(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो र उत्तम हुनेछ,निर्णय गर्ने क्षमतामा कमि आउनेछ,नयाँ कार्य थालनिका निम्ति आट र साहशमा पनि कमि आउनेछ,मित्रबाट सहयोग प्राप्त हुनेछ,प्रेम सम्बन्धमा केही सुधार आउनेछ,खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ,अरुको कार्य सम्पादनमा प्रेरणाको स्रोत बन्न सकिएला।मन प्रफुल्ल भने रहने छैन ।

Comments are closed.