साताको राशिफल:-श्रावण २० गतेदेखि २६ गतेसम्म

मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता आफन्तजनको साथ सहयोगमा केही कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउने छ।सहकर्मीहरुबाट धोका हुने समय छ। पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ।टाउको र छातिमा स्वास्थ्य समस्या आउला।दौडधुप बढी हुनेछ।नयाँ कार्य शुरूवातको योग रहेकोछ।सामान्य कार्य सप्पन्न गर्न अधिक श्रम खर्चनु पर्नेछ साथै गरेको कामबाट अपजस आउने योग रहेको छ।राशी स्वामी-मंगल /शुभ रंग रातो,सुन्तले
वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता अपरीचित ब्यक्त्तिहरुको बिश्वासमा नपरेकै राम्रो हुनेछ । मित्रहरुको सहयोगमा अधुरा र रोकिएको कार्य सप्पन्न हुनेछन,भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ। शाहसको कमीले कार्यमा ब्यबधान र अवरोधहरु आउला,प्रतिपक्षी बलियो रहनाले सजग रहनुपर्छ । तपाईलाई आफ्नु कमी कमजोरीको महसुस हुनेछ।राशी स्वामी -शुक्र/शुभ रंग -सेतो,चम्किलो खैरो
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता खानपानका क्षेत्रमा बिशेष सजग र सतर्क रहनु उत्तम रहनेछ,मान्यजनहरु सङ्गको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ,सामान्य बादबिवादको झमेलामा फसिने र मुद्दामामिलामा फसिने सम्भाबना रहेकोछ,ब्यापार ब्यवसाय मध्यम रहला,साझेदारी काममा कत्तैपनी लगानी नगरैकै राम्रो हुनेछ । आफन्तजन सङ्गको भेटघाटले मन प्रशन्न रहला।पति/पत्निबिच सम्बन्धमा सुधार आउने छ। राशी स्वामी -हरियो ,पहेंलो
कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता पति/पत्निको सम्बन्धमा सामान्य तिक्तता र अविश्वासको स्थिति उत्पन्न हुन सक्नेछ,ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ,मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ,दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ,परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ। राशी स्वामी-चन्द्रमा/शुभ रंग -सेतो उज्यालो
सिंह 🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ,प्रतिपक्षीहरु बलियो सवल रहनाले कार्य सम्पादनमा झन्झट आएपनी विजय तपाईंको हुनेछ ।मित्रजनहरु संगको भेटघाटले सामान्य यात्राको योग बन्नेछ ,शत्रुहरु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ, रिसाएका मित्र शरणमा पर्नेछ्न।दाम्पत्य सम्बन्धमा त्यति शुख मिल्दैन।राशी स्वामी -सुर्य/शुभ रंग-रातो सुन्तले

कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता पठनपाठनको निम्ती अधिक श्रम र समय ब्यतित गर्नुपर्ने समय रहेकोछ,बौद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ,मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ,यात्राबाट फाईदा हुनसक्ने सम्भाबना रहेको छ,निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ।भक्तिमा मन जानेछ।राशी स्वामी-बुध/शुभ रंग-हरियो, पहेंलो
तुला ⚖
(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता कार्यक्षेत्रको त्रुटि र कमजोरीका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ,ब्यापार ब्यवसायमा घाटा रहनेछ,सम्मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ,प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला,स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला।राशी स्वामी-शुक्र/शुभ रंग-सेतो उज्यालो
वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता अधिक आत्मबिश्वास तथा घमण्डका कारण मित्र एवम् दाजुभाई दिदीबहिनी सङ्गको सम्बन्धमा सामान्य तनाब विवाद उत्पन्न हुन सक्नेछ,अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ,मान्यजनको सहयोगमा गरीएका कार्यले पछिसम्म फाईदा दिलाउनेछ,पारीवार सङ्गको मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ।राशी स्वामी-मंगल/शुभ रंग-रातो ,सुन्तले
धनु 🏹
(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता खानपानको गडबडिका कारण पेटको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ,नयाँ लगानि र साझेदार गर्दा धेरै सतर्क रहनु उत्तम रहनेछ,पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय बित्नेछ।शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला,खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ।राशी स्वामी -गुरु/पहेंलो हरियो सेतो
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ,पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ,आय आर्जनको क्षेत्रमा केही वृद्धि रहनेछ,जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ,अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला।कार्यमा भने बढोतरी हुने योग छ।राशी स्वामी -शनी/शुभ रंग-कालो निलो ध्वासे
कुम्भ ⚱(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता नजीकका आफन्त मित्रहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट र अवरोध उत्पन्न हुन सक्नेछ,झुटा आरोपको सम्भाबना रहेको छ तर विजय मिल्नेछ , स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ,स्वास सम्बन्धि स्वास्थ समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला,अरुको कुरामा बिशेष ध्यान नदिनु होला।राशी स्वामी-शनि/रङ्ग-कालो नीलो ध्वासे
मीन🧜‍♀(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता खानपिनमा सहभागीताको योग बन्नेछ,पुराना मित्रजन सङ्गको भेटघाटले मन प्रसन्न रहला,पठनपाठनमा सफलता मिल्नेछ, सन्तान सुख प्राप्ति हुने योग रहेकोछ,आय आर्जनमा वृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ,बौद्धिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा वृद्धि गर्नेछ। दाम्पत्यमा केही समस्या आउला।बोलीमा सम्यम राख्नुपर्ने समय छ। राशी स्वामी-बृहस्पति/शुभ रंग -पहेंलो

ज्योतिष
मिलन कृष्ण पोख्रेल

Comments are closed.